दुर्घटनाबाट दैलेखमा १ जनाको मृत्यु

दुर्घटनाबाट   दैलेखमा १ जनाको मृत्यु मृतक प्रकाश बुढा ।

दैलेख । गएको सोमवार राती चामुण्डाविन्द्रासैनी नगरपालिका २ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चामुण्डाविन्द्रासैनी नगरपालिका १ का २२ बर्षिया प्रकाश वुढा हुन । उकालोमा गाडीको टायर चिप्लिदा गाडी भित्तामा ठोकिएको र मृतक बुढा घाईते भएको थप उपचारको लागि दुल्लू अस्पतामा पु¥याएपनि चिकित्सक मुत्यु भईसकेको जानकारी दिएका थिए । 

प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको गाडी सोमबार राति ९ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए । उनले भने, गाडीमा २३ जना सवार थिए भने २२ जना सकुशल रहेका छन् ।  

दुर्घटनामा परेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका–२ भुरेली बस्ने २८ वर्षीय राजेन्द्र बुढालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया