दैलेखमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना

लामो दुरीको गस्ती देखि जनचेतनामूलक सन्देश प्रसारणसम्म

दैलेखमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना सुनिलसिंह दाहाल,प्रहरी नायब उपरिक्षक

नेपालीको महानचाड विजयादशकमी घरदैलोमा पुगि सकेको छ ।  दशै नजिकिदै गर्दा जहान परिवारलाई छोडेर परदेशिएकाहरु यतिवेला धमाधम घर फर्किदै छन् । गाउँघरमा दशैको रौनकताले छाएको छ । राटो माटो,कमेरो लिनेको गाउँघरमा लस्कर देखिन्छ भने,पराईदेशबाट घर फर्किनेको पनि उस्तै । 

वडादशैलाई नेपालीको महाडचाडको रुपमा लिने भएकाले आफन्त परिवार सँग बसेर सुखदुःख कथा कहानी सुनाउँछन् । बर्षोदेखी आफन्त सँग भेटघाट नभएकाहरु चाडपर्वमा जमघट गरेर रमाईलो पनि गर्छन । तर रमाईलो गर्दा गर्दै कतिपय ठाउँमा मदिरा सेवनले गर्दा अपराधिक घटना पनि हुन गर्छन ।  चाडपर्वमा हुने अपराधी घटना न्यूनिकरण गर्नका लागि दैलेख जिल्ला प्रहरी कार्यालयले दशैतिहार सुरक्षा विशेष योजना ल्याएको छ । विशेष सुरक्षा योजनाको बारे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुनिल सिंह दाहालसँग ज्वाला सन्देशकर्मी जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंशः 

  •  दशै तिहार लक्षित सुरक्षा योजना  के छन् के कति चुनौती छ ?  

दशैँ तिहारको समयमा मानिसहरुको जमघट धेरै हुन्छ । आर्शिवाद थाप्न टिका र जमरा लिएर आफन्त कहाँ मानिस जान्छन।  । जिल्लाका सबै नागरिकले सुरक्षाको महसुस गरुन भनेर हामीले विशेष सुरक्षा योजना बनाएका छौं । सामान्यतया मान्छेहरुको यो चाड पर्वमा मनोरन्जन भेटघाट गर्ने हुन्छ । यस्तो अवस्थामा मनोरञ्जन गर्ने नाममा मादक पदार्थ सेवन गर्ने र यसबाट हुने घटनाहरु हाम्रा लागि चुनौती हुन् । यसैलाई मध्यनजर गर्दे हामीले ड्युटीहरु परिचालन गरेका छौँ । जस्तै मापस गरेर सवारी साधन चलाउँदा हुने दुर्घटना र  झै–झगडा,ग्याङ फाइटहरु पुरानो रिसिइवी साध्न पनि  मापसे गरेर चाडपर्वको बेलामा रिसिइवी साध्ने विगतका केही घटनाहरु देखिएकोले हामीले त्यसलाई टार्गेट गरेर  सुरक्षा योजना गर्ने ड्युटीहरु परिचालन गरेका हुन्छौँ । प्रत्येक दिन हामीले ट्राफिक  सहितका चेकपोस्ट जिल्ला प्रहरी कार्यालयबाट सम्मिलित संयुक्त चेक पोष्ट स्थापना गरेका छौँ । जिल्लाका विभिन्न महत्वपूर्ण स्थानहरुमा संयुक्त चेकपोष्ट राख्छौँ । 

  • दशैतिहारमा घर फर्किनेहरुको लर्को हुन्छ यस्तो अवस्थामा यात्रुले धेरै दुःख पाएकका ठगिएका  सुचना आउँछन् । सास्ती नहुन र ठगिनबाट बचाउन तपाईहरुसँग सुरक्षा योजना के छन् ? 

यात्रुहरुलाई सास्ती नहोस र नठगिउन भन्नाका लागि हामीले जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षहरु स्थापना गरिसकेका छौँ । दशै तिहारमा यात्रुहरुको चाप पनि बढ्ने, र सवारी साधनले पनि अत्यधिक भाडादर लिने, यात्रुहरु खचाखच क्षमताभन्दा दोब्वर यात्रुहरु राख्दा दुर्घटना भई ठुलो धनजनको क्षति हुने सम्भावनाको मध्यनजर गर्दै  नारायण नगरपालिकामा, गुराँस गाउँपालिकाको रानीमत्तामा, आठबिस नगरपालिकाको राकम, गुराँसकै तल्लो डुंगेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ । गाउँगाउँमा पनि प्रहरीको गस्ती देखाउनलाई लामो दुरीको तीन वटा गस्ती गईरहेका छौँ । जिल्ला प्रहरी कार्यालय दैलेख र नौँमुले गाउँपालिका र आठबिस नगरपालिकाको राकमबाट लामो दुरीको गस्ती निस्की सकेको छ । दुरदराजका गाउँमा गएर त्यहाँको बस्तु स्थिति बुझ्ने, त्यहाँ हुने अपराधिक गतिविधिहरुलाई निरुत्साहित गर्ने लगायत अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि यस्तो लामो दुरीका गस्ती परिचालित गरिन्छ । 

  • चाडपर्वको समयमा दैलेखमा मुख्यतया के कस्ता कुरामा सुरक्षा चुनौती रहेको छ ?

चाडपर्वको समयमा जिल्लामा मुख्य सुरक्षा चुनौती भनेको सवारी दुर्घटना देखिन्छ । किन भने भर्खर,भर्खर बाटो बिस्तार भएको छ । मानिसहरुमा एक किसिमको सवारी कुदाउने कौतुहल्ता हुन्छ । सामान्यतया ओभरस्पिड गर्नुहुन्न भन्ने कुरा ख्याल गरेका हुँदैनन् । लाइसेन्स प्राप्त हुँदैनन् । ग्रामिण सडकहरुमा लाइसेन्स नभएका सवारी चालकले ठुला सवारी साधन पनि चलाउने । विशेष गरि दुईपांग्रे सवारी साधन चलाउदा भर्खरका टिनएजरहरु लाइसेन्स नलिएका व्यक्तिहरुले चलाउने प्रवृति र मुख्य मादक पदार्थ र लागु पदार्थ सेवन गरेर चलाउने । मोटरसाइकलमा हेलमेट नलगाएर तीनजना बसेर बेस्सरी कुदाउने र फोरबिलमा अत्यधिक रुपमा यात्रुहरु राख्ने यि कारणले गर्दा सवारी दुर्घटना भएर ठुलो धनजनको क्षति हुन्छ ।  शान्ती सुरक्षामा हिट गरिरहेको कुुनै ठाउँमा सवारी दुर्घटना भयो । पुग्न समय लाग्छ । सिसिटिभिको सन्जाल छैन । मान्छे भाग्यो कसरी समाउने । अनुसन्धान गरेर पत्ता लगाउन केही समय लाग्छ ।  मानिस पत्ता लगाउनु प–यो भनेर चक्काजाम र आन्दोलन हुन सक्ने, प्रहरीको कामकार्वाहीमा बाधा पु¥याउन सक्ने यसरी यसको असरहरु फैलदै जान्छ । एउटा सम्रग शान्ती सुरक्षाको अवस्थालाई प्रभावित तूल्याउने खालका गतिविधिहरु कहाँबाट सुरु भए भन्दा अपराधबाटै शुरु हुन्छन् । ट्राफिक दुर्घटनाबाट  पनि यस्ता समस्याहरु आउँछन् । अर्को कुरा निजी नम्बर प्लेटका सवारी साधनमा मान्छे हुने दुर्घटनाबाट के हुन्छ भने बिमा हुँदैन । बिमा केलेम गर्न सकिदैन । निजी नम्बर प्लेटले थर्ड पाटी  बिमा त्यत्रो सेकेनपाटी बिमा त गर्न सक्दैन । किन भने २० २५ जना यात्रु राखेपछि इन्सोरेन्स नभएपछि त्यो दुर्घटना भएर घाइते मृत्यु भएमा उसले दिनुपर्ने क्षतिपुर्ति दिन सक्दैन ।  त्यो नभइसकेपछि पीडितहरु क्षतिपुर्तिका लागि लागि माग गर्दछन् तर, कानुनी हिसाबले दिन सक्दैनन् । त्यहाँ त्यस्तो भइसकेपछि द्धन्द्ध शुरु हुन्छ ।  भोली आन्दोलनका घटनाहरु हुन सक्छन् । धर्ना हुन सक्छ । मुख्यतया स्वाभाविक दुर्घटनाबाट देखिने चुनौतीहरुले शान्ती सुरक्षामा प्रभाव पारिरहेको हुन्छ ।   

  • सवारीमा यात्रुहरु खचाखच हुन्छन् बाटोमा पुग्दा ट्राफिकहरुले नदेखिने ठाउँमा सवारी चेकजाँच गर्ने पैसा लिएर छोडिदिने कुराहरु पनि आउँछन् यस्ता कुरा निराकरणका लागि योजना के छन् ?

वास्तवमा एउटा बस्तुगत कुरा उठाउनुभयो । प्रहरीका तर्फबाट गरिने अर्कमणिय  वा गैरकानुनी गतिविधी हुन् । यस्ता गतिविधिमा संलग्न प्रहरीलाई कार्वाही गरिन्छ । केही समय अघि हामीले एक जना ट्राफिक प्रहरीर्ला कारवाही,एकजनालाई निलम्बनको सिफारिस गरेका थियौं उहाँ निलम्बनमा परि सक्नु भएको छ । कानुन बमोजिम चेकजाँच गर्ने कुरा चालक र यात्रुहरुलाई मोटिभेट गर्ने कानुन बमोजिमको कुरा हो । ट्राफिक ड्राईभरले भेटेपछि यो अनियमित वा  लेनदेनको कुरा हो भनेर प्रष्ट हुन आउँछ । त्यसैले यस्ता कुराहरुले पटक पटक फिल्डमा खटिने इन्र्चाज,अन्य ट्राफिकलाई बोलाएर व्रिफिङ गरेका छौं । चेक जाँच गर्नुछ भने कानुन बमोजिम र खुल्ला ठाउँमा गर्ने हो । सबैको रोहवरमा गर्ने हो । ट्राफिक प्रहरी वा प्रहरीले गर्ने चेकजाँच कुनै पनि गोप्य हुँदैन । एकान्त स्थानमा गरिने कार्वाहीलाई बन्द गर्ने निर्णय गरिसकेका छौँ । अपवादमा कुनै अपराधी आएको,कुनै अपराधिक गतिविधि सम्बन्धी गोप्य सूचना र सफा नियतले कहिले काही चेकजाँच गर्न सकिन्छ तर, सधै एकान्तमा लुकेर चेकजाँच नगर्न निर्देशन दिएका छौँ । 

  • गाउँघरमा जमघट बढी हुदाँ अपराधिक गतिविधि पनि बढी हुन गर्दछन् त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि योजना के कस्ता छन् ? 

सुरक्षा चुनौतीमा अन्य चुनौती भन्दा मादक पदार्थ सेवन, जुवातास,अपराधिक घटनाहरु निम्त्याउने तत्वहरु यिनै हुन । मनोरञ्जनका नाममा गरिने गैरकानुनी क्रियाकलाप हुन् । यस पटक सिर्जित हुन सक्ने घटनालाई अथवा अपराधलाई मध्यनजर गर्दै हामीले सम्पूर्ण प्रहरी ईकाईहरुमा मोटरसाइकल गस्ती, पैदल गस्ती गर्ने, सर्वसाधारण नागरिकबाट सूचना लिने, र राम्रो र असल नागरिकले प्रहरीलाई जहिले पनि सूचना दिइरहेको हुन्छ । गलत नियतको मान्छेले सूचना दिदैन । त्यस्ता सूचनाहरु आएमा तुरुन्त प्रहरी कार्यालयबाट रेस्पोन्स गर्ने र सम्पूर्ण युनिटहरुलाई तयारी अवस्थामा राख्नुका साथै निर्देशन पनि दिईसकेका छौं ।  

  •  दशैँ तिहार लक्षित गरेर जिल्लामा कति प्रहरी परिचालन गरिएको छ ? 

दशैँ तिहार लक्षित गरेर जिल्लामा ३७४ प्रहरी छन् यि सबै तैनाथ हुन्छन् । यस मध्ये मोटरसाइकल गस्तीमा २६ वटा मोटरसाइकलमा ५२ जना प्रहरी, मोबाइल गस्ती मोबाइल भेनमा ७ जना देखि ९ जना प्रहरी परिचालन गरिएको हुन्छ । जस्ले तुरुन्तै कार्वाही गर्नुपर्ने भएमा कार्वाही गर्न सक्छन् । त्यस्तै पिकेड गस्ती उभिएर गर्ने गस्ती भनिन्छ । आफ्नो वरिपरिका क्रियाकलापमा नजर राख्ने यो २६ स्थानमा हुन्छ । यस्मा पनि ५२ जना प्रहरी हुन्छन् । त्यस्तै छोटो दुरीको पैदल गस्ती पनि विभिन्न २६ स्थानमा यस्मा पनि ५२ जना हुन्छन् । लामो दुरीको गस्तीमा ११ जना देखि १५ जना प्रहरी हुन्छन् । लामो दुरीको तीनवटा गस्ती रहेका छन् । विभिन्न तीनवटा स्थानबाट जिल्लालाई कभर गर्दछन् । 
अर्को चुनौँती चोरीका घटनाहरु हुन । मान्छेहरु दशैतिहारमा टिका थाप्न आफन्तकहाँ पुग्छन् । घरमा त्यतीबेला कोही छिमेकीलाई नराखेर घर बन्द गरेर हिड्ने र घरमा मानिसहरुको उपस्थिती नहुँदा खेरी चोरीका घटनाहरु धेरै हुने गर्दछन् । त्यस्का लागि हामीले सन्देशमुलक प्रचार सञ्चार माध्यमबाट जनचेतनामुलक सन्देश बजाएका छौँ । 

  • सामाजिक सन्जालबाट हुने अपराधिक गतिविधिहरुबारे कसरी सुरक्षा अपनाउने ? 

सामाजिक सञ्जालको कुरा छ । दशैँ तिहारमा मान्छेहरु फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट्याउने गर्छन । सामाजिक सञ्जालमा पोष्ट गरिएका पोष्टहरु सुरक्षित हुँदैनन् । आफ्नो गतिविधिको बारेमा, यात्राको बारेमा सबैलाई जानकारी गराउनु हुदैन ।  अपराधिक मनोवृत्ति भएका चोर फटाहरुलाई त्यस्तो सूचनाले फाइदा हुन्छ । कोही मानिस सुर्खेत जादैछु भनेर सामाजिक सञ्जालमा हालेमा घरमा कोही रहेनछ भन्ने कुरा अपराधिलाई जानकारी हुन्छ । त्यो हुना साथ चोरी हुन सक्छ । आफ्नो गतिविधिका बारेमा सम्पूर्ण व्यक्तिगत कुराहरु फेसबुक लगायत सामाजिक सञ्जालमा राख्न हुँदैन । नराख्न पनि जिल्लाबासीलाई जिल्ला प्रहरी कार्यालय दैलेख अनुरोध गर्दछ । 

  • अन्तिममा भन्न बाँकी छ ? 

यसमा जिल्ला प्रहरी कार्यालय दैलेखको विशेष अनुरोध के छ भने चाडपर्वको समयमा सभ्य तरिकाले मनाउँ । मनोरञ्जनका बहानामा गरिने गतिविधि जस्तै अत्यधिक मादक पदार्थ सेवन, जुवातास जस्ता गतिविधिहरुबाट टाढा रहौँ । सवारी साधनमा यात्रा गर्दा मादक पदार्थ सेवन नगरौँ । मोटरसाइकलमा हेल्मेट प्रयोग गरेर दुईजना मात्र यात्रा गरौँ । सुरक्षा सावधानी अपनाऔँ । हाम्रो विशेष अनुरोध छ । 
 

प्रतिक्रिया