सुन र दाईजो बहिष्कार गरेर विवाह

सुन र दाईजो बहिष्कार गरेर विवाह

दैलेख - तत्कालिन सशस्त्र द्धन्द्धको नेतृत्व समालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड¬) ले गतबर्ष गोकर्ण रिसोर्टमा नातिनीको तामझाका साथ विहे गरे । सुन गर–गहना र दाईजो विरुद्धमा द्धन्द्धको बेला मुद्धा वनाएका प्रचण्डले गाउँ गाउँ र पार्टीभित्र जनवादी विवाहलाई प्रश्रय दिए । सशस्त्र द्धन्द्धपछि शान्ती प्रक्रियाको लयमा लागेर सत्ताको बागडोर समालेका तीनै प्रचण्डको नातिनीको तामझामको विहेले वर्गिय प्रश्नमा माओवादी सकिएको आंकलन सबैले गर्न सकिने ठाउँ तमाम छन् । नेताहरु गराई र भनाईमा विमेलले गर्दा नेपालमा विकासको गतिले गन्तब्य पहिल्याउन सकेको पनि छैन । नेताले नै संस्कार संस्कृति सिकाउने हो समाजका नराम्रा कुरालाई तिरस्कार गर्दै जानुपर्नेमा  निरन्तरता दिनुले संविधानका धारा उपधाराले नेतृत्व तहमा रहेका ठुला दलका नेतालाई कम्ता गिज्याएको छैन । 
 
तर विडम्बना नेपालमा त्यसो हुन सकिरहेको छैन । नेता नै परम्परागत शैलीलाई निरन्तरता दिदै आएका छन् । तर मंगलबार सुर्खेतमा गरिएको एउटा विहेले भने सत्ताको वागडोर समालेका ठुला दलका नेता र सशस्त्र द्धन्द्धका सुप्रिम कमाण्डर प्रचण्डलाई जनवादी विहेको वास्तविकता सवक सिकाईदिएको रामु र अस्मिता ढकालको विहेले । 

त्यसैको एउटा उदाहरण वनेका सुर्खेत वीरेन्द्रनगरकी अस्मिता ढकाल नव विवाहित जोडी । ढकालले विहेमा नवदुलहीले पहिरिने गरेको गरगहना र माईतीले छोरीलाई दिने दाईजो बहिष्कार गरि विवाह बन्धनमा बाँधिएकी छन् ।  सुन मात्र होइन दाइजो कानुनी रुपमा गलत मानिएता पनि सामाजिक रुपमा प्रयोग हुदै आएपनि ढकालको बहिष्कार गरेको यो नै समाजका लागि एउटा गौरव गर्न लायकको सन्देश वन्न पुगेको छ ।

समाजमा भएका गलत संस्कारको बहिष्कार गर्नुपर्छ भन्ने सन्देश दिनको लागि सुन नलगाएरै विवाह गर्ने निर्णय गरेको नव दुलही ढकालले बताइन् । बुटवलका रामु ज्ञवालीसँग विवाह गरेको यो जोडी नै नेपाल सरकारको शाखा अधिकृत हुन् ।अस्मिताले सुन र दाइजो विना विवाह गर्ने निधो पहिले नै गरेकी थिइन् । तर, उनका माइती र घर पक्ष राजी भएनन् । अन्तत ः दुवै पक्ष मान्न तयार भए । अस्मिताले दाईजो नलिने,सुन नलगाएरै विहे गर्ने प्रतिवद्धता पुरा गरिन । 

अस्मिता भन्छिन,‘सुरुमा त मेरो कुरामा बुवाआमाहरु मान्न तयार हुनुभएन । मैले मनाएरै छाडे । ‘मैले विवाहमा सुन नलगाउनु मात्र ठूलो कुरा होइन तर, यसले दिने सन्देश समाजमा सकारात्मक जाओस् भन्ने हो ।’

निम्न वर्गका परिवारहरुलाई विवाहमा सुन जुटाउन आर्थिक रुपमा बोझिलो हुने गर्दछ त्यसकारण यस्ता परम्पराहरुको अन्त्य गर्नु जरुरी रहेको उनको भनाई छ । यसको सुरुवात आफैबाट गर्नु उचित हुँदा यसरी विवाह गर्ने निर्णयमा पुगेको हौं,ढकालले थपिन । 

समाजमा अनावश्यक खर्च गर्नु हुँदैन भन्ने सन्देश दिन छोरीले गरेको निर्णय मान्न आफुहरु तयार भएको यामु लामिछाने बताउँछिन् । ‘छोरीले नै म गहना लगाउदिन भनेर भनेपछि हामी त मान्न तयार हुनुप¥यो’ उनी भन्छिन्, ‘यसरी सुन विना नै अनौठो विवाह भयो ।’
 

प्रतिक्रिया