दशैको रौनकतामा रमाउँदै ‘वनका राजा’

दशैको रौनकतामा रमाउँदै ‘वनका राजा’

कल्यानकाँध (सुर्खेत) । कपडाको त्रिपाल,मसिनो छेस्काछेस्की वरिपरि वारिएको छाप्रो,बाहिरवाट हेर्दा सबै कुरा छर्लङ देखिने हरियो घाँसमुनि बसेका वनका राजा (राउटे समुदाय) यतिवेला सुर्खेतको वराह गाउँपालिका ७ कल्यानीकाँध कर्णाली राजमार्गको किनारमा बसोबास गरिरहेका छन् । 
फरक भेषभुषा,रहनसहन र फरक संस्कृति बोकेको यो समुदाय कर्णाली प्रदेको गहना हो भने नेपालको सम्पदा मानिन्छ । पुर्खादेखी आफ्नो परम्पराको निरन्तरता दिदै आएको यो जाती दक्षिण एशियामा एक मात्र भ्रमशिल समुदाय हो । 
  
नेपालीको महानचाड वडादशैले जसरी गैरराउटेमा उमंग जोश र खुशी ल्याएको छ । त्यसरीगरि फरक पहिचान बोकेको राउटे समुदायमा पनि दशैको रौनकताले छपक्कै छोपेको छ । यतिवेला यो समुदायले बसोबास गरिरहेको वरिपरि सरसफाई गर्ने,छाप्रो भित्र माटो र गोबरले लिप पोत गरि चिटिक्क र चिल्लो पारेका छन् । सधै जसो कु–काठ स साना टुक्राहरुले फोहोर देखिन राउटे बस्तीमा दशै नजिकए सँगै फोहोरको टुक्रा देख्न पाईदैन । प्राकृतिक ज्ञानका भण्डार भएका यो समुदायमा दशै खुशीका साथ मनाउन थालेका छन् । कोही वलिदिएका खसीबोका पोल्न थालेका थिए । पोल्न थालिएका खसीबोकाको धुवाँले वस्ती कुहिरीमण्डल वनेको थियो । वलि नदिए देवीदेवता रिसाउने,जहानपरिवार विरामी हुने भएकोले वलिदिएका हौं । यो बलि दिनु भनेको देवीदेउतालाई सम्झेको तपाईहरु पनि त्यही गर्नुहुन्छ त क्या ‘भान्जा’ । रगतले लत्तपतिएको हात काँधमा राख्दै खाम्ची भाषा मिसाएर नेपाली लवज हरिवहादुर शाही खुशी साटे । 

उनले थपे,तपाईको त देवीदेउता वलि दिने ठाउँमा मन्दिर हुन्छ,हाम्रो मन्दिर भनेको मन हो,वलि दिदा देवीदेवता खुशी होस भन्नको लागि दिएका हौं ।मन खुशी भयो भन्याँ त देवता पनि खुशी हुन्छत । भगवानले माथिबाट हेरेको छ त कसैले भगवानलाई देखेको छ ,तर भगवानले सबैलाई देख्छ । यो समुदाय आस्थाप्रति वढी विश्वास गर्छन ।   
 
खेतीपाती,स्थायीबसोबास,लेखपढलाई महाशत्रु ठान्ने तर नेपाली चाडपर्वलाई आत्मसाथ गर्ने यो जाति  विहवार विहान देखी दशैको रौनकतामा रुमलिएका छन् । कोही छाप्रो भित्र जाँड बनाउनको लागि भिजाएको चामल सुकाउँदै छन् भने पुरुष मानिस खसीबोका, वाख्रालाई बलि दिएर पोलिरहेका छन् । धेरै परिवार हुने दुई÷तीनवटा बलिदिएका छन् भने कम परिवार हुनेले कम बलि दिन्छन् । तर दशैको टिकासम्म भनेर सबै घरधुरीले एक÷एक वटा खसीवोका,वाख्रा बचाएर राखेका छन् । राउटेको दशैमा पहिलो पटक पुगेका दैलेख नारायण नगरपालिकाका सामाजिक विकास अधिकृत खमबहादुर थापाले राउटे दशै रमाईलो भएको बताए । बाहिर हेर्दा बलिदिए को सामुहिक जस्तो लाग्यो,गतिविधी हेर्दा तर बुझदै जाँदा प्रत्येक परिवारले वलि दिएका रहेछन् । राउटेमा सम्पन्न विपन्न जस्तो कोही देखिएन । सबै बरावर छन् । यो समुदायले समाजवादको झल्को दिएको छ उनले भने । 

प्रतिक्रिया