सकियो दशैको विदा,खुले सरकारी कार्यालय

सकियो दशैको विदा,खुले सरकारी कार्यालय


आजदेखि दशैको सार्बजनिक बिदा सकिएसैगै सरकारी कार्यालय खुलेका छन् । बडादसैंको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन् ।  

सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुले पछि पालिकाका सदरमुकाम र जिल्लामा चहलपहल बढेको छ भने आवतजावत गर्ने सवारी साधनको पनि चाप वढदै गएको छ ।  

फुलपातीदेखी सुनसान झै देखिएको सदरमुकाम आवताजावतले गर्दा मानिसको चाप बढदै गएको छ । दशै सकिएसँगै बजारपनि खुलेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म नै जारी रहन्छ । त्यसैगरि दैलेख  गैरसरकारी संस्था सोसेक नेपाल कार्यालय रहेका दैलेख, सुर्खेत, काठमाण्डौं, दुल्लू, गुराँस, दाङ, जम्बुकाँध, ठाटीकाँध कालिकोट,जुम्ला जाजरकोट,नलगाड लगायतका को कार्यालय पनि खुलेका छन् । उक्त संस्थाद्धारा  सञ्चालन गरिएको वालहेल्पलाईन १०९८ र सेफ हाउस भने दशै विदामा पनि २४ सैं घण्टा खुल्ला गरिएको थियो । 

 

प्रतिक्रिया