विनायकको आउजी र तिलेपाटाको गुण्या बुषालको–वाद्यशिल्प वाद
परिघटना,एकसमयको हो । अहिले कथा, कहानी र किस्साका रुपमा अछाम र दैलेखको सिमानामा रहेको कर्णाली नदीको वारीपारीका गाउँवस्तीहरुमा यदाकदा कुनै वाद्यशिल्पीहरुका विषय वा प्रसँगमा जोडिएर कहिने गरिन्छ । अव, ती शिल्पीहरु एका समयका किस्साहरुमा सम्झिने पात्रहरु भईसके । तीनका बादन शिपल्का शिप र कौशलका ताल, लय, शुरु र पयानाहरु इतिहासको गर्तमै विलिन भैसके । तीनका ईतिहास लेखीएनन । कथा र गाथा कोरीएन । हो उनीहरुका शिल्पका कथा र गाथाहरु दशकौ देखी कहिदै र सुनिदै आए । अव त सुन्ने र सुनाउनेहरु पनि क्रमशः पातलिदै गए । सुनाउनेहरु सकिदै गए । सुन्नेहरुका रुचिमा परिवर्तन हुँदै गयो । बिगत समयका तिनै नामुद वाद्यशिल्पीहरुको सम्मान र सम्झनामा यो शव्दचित्र समर्पित छ ।
तिलेपाटाका राजा तीलषी बम्मका छोराका पालामा त्यहाँ गुण्या र बउगुण्या नामका निकै बुद्धिमान र शिपालु बुषाल थरका दमाई दाजुभाई थिए । उनीहरुले बजाएको नगरा र ढोलको आवाज आठविस भन्दा धेरै परपर पुग्दथ्यो । त्यही समयमा कर्णाली पारी बिनायकमा पनि आउजी थरको निकै सिपालु दमाई थियो । उनले बजाएको नगरा र ढोलको आवाज पनि निकै परपर सम्म पुग्दथ्यो । बिभिन्न औसर मौसर (चाडपर्व, बिवाह,व्रतबन्ध लगायत) का बेलामा (समयमा) विनायकको आउजी र तिलेलेपाटाको बुषालको एकापसमा नगरा र ढोलको तालमा नै आ –आफ्ना ठाउँबाट बाद (प्रतिस्पर्धा) चल्दथ्यो । एक पटकको यस्तै दुर प्रतिस्पर्धामा उनीहरुले आम्नेसाम्ने भएर प्रतिस्पर्धा गर्ने हाँक (चुनौती) दिदै नगरा बजाए । हाँकैहाँकमा उनीहरुका कनसिरी तातिए । शरिर भरी काँडा उम्रिए । शिरका रौंहरु ठाडा भए । त भन्दा म के कम भन्दै निकै ठूलो आवाजमा कुर्लिए ।
त्यसपछि विनायक बाट ढोल बजाउदै आउजी हिड्यो । तिलेपाटा बाट निशान (ठूलो दमाहा) ठटाउदै बुषाल हिड्यो । यिनिहरुलाई साथ दिने अरुहरु पनि उनीहरुका साथमा लाग्दै आ – आप्mना ठाउँबाट लस्कर बनाउदै अगाडी बढे । अछाम तर्फको आउजीको लष्कर बिनायक बाट कुच्ची हुँदै ढोल थर्काउदै कर्णालीको पश्चिम पट्टिको किनार चेलकाल्लामा आयो । यता गुण्या बुषालको लष्कर बेरुपाटा, बिशाला हुँदै निशानको आवाजले राक्मको जिउलो गुञ्जायमान गर्दै कर्णालीको नदीको पुर्वी किनार राक्ममा आयो । निकै बेर सम्म यिनीहरुले आ–आफ्ना ताल, लय र सुरमा कर्णाली नदीको वारिपारी किनार बाट आ–आप्mना ढोलहरु बजाईरहे । सनाई र कर्नालहरु फुकिरहे । त्यसैगरी भ्mयाली र टाम्काहरु ठटाईरहे । तिनीहरुका ढोल, टयाम्का, भ्mयाली, सहनाई र कर्नालहरु बाट एकतमासले आईरहेका तुमुल ध्वनीलार्ई कर्णालीको वारिपारी र माथी खाँडाचक्रको शिरानमा रहेका उच्च शिखरहरुले अझै उच्च स्वरमा कम्पित गर्दै प्रतिध्वनित गरिरहे । यहाँ उत्पन र प्रतिध्वनित भईरहेको बाजागाजाहरुको तुमुल ध्वनीले कर्णालीमा बगिरहेको पबित्र मानसरोवरको शान्त जलधारा अझै स्थिर र शान्त हुन पुग्यो । यो निकै अनौठो र भव्य ताल अनि लयको आवाज जहाँ –जहाँ सम्म पुगको थियो त्यहाँका रस्तीवस्तीका मानिस र सबै जीव जनावर तथा जलचरहरु समेत बिश्मयताका साथ त्यो ध्वनि प्रति कौतुहलता जनाईरहेका थिए । वरपर र तलमाथीको वनकुञ्जमा रहेका पंक्षीहरुको चिरबिराहट र फटफटाहटको असमान्य भएको थियो । निकै लामो समय चले पछि यो बादमा प्रयोग भएका ढोल, दमाहा, सहनाई, भ्mयाली लगायतका बाद्ययन्त्रहरुका ताल, लय र पयानाहरुको पहिलो चरणको आपसी प्रतिस्पर्धा रोकियो ।
अब दोस्रो चरणमा बुषाल दमाईले कर्णाली नदीको गहिराईमा हात हाल्दै आप्mनो काँगर विद्या (तन्त्र बिद्या) प्रयोग गरी एउटा ठूलो जिउँदो माछा तान्दै कर्णाली पारी रहेको आउजी दमाई तर्फ फाल्यो । यसरी फालिएको त्यो माछालाई आउजीले भुईमा खस्न नदिदै माथी आकाशमै आप्mना हातले समात्यो । आउजीले माछो समाती सके पछि बुषालले उस्लाई ‘क्या है जी क्या है’ भनि सोध्यो । आउजीले त्यो माछो आफ्नो छाती अगाडी अञ्जुलीमा राख्दै ढल्काएर बुषालहरुलाई देखाउदै ‘मच्छी है जी मच्छी है दुधारसवाला मच्छी’ भनि जवाफ दियो ।
अब त्यो माछोलाई बुषालले फाले जसैगरी कर्णाली पारिबाट आउजीले बुषाल तर्फ नै फाल्योे । त्यो माछो बुषालले पनि उसैगरी हावामै समात्यो र आप्mनो साथको अर्को लाई समात्न दियो । यस पछि बुषालले फेरी नदीको गहिराईमा हात हाल्यो र दुबै हात फनफनी नचाउदै आप्mनो जामाको फेर फैलाउदै हुड्काको ‘हुड्की धाउँधाउँ’ तालमा नाच्न थाल्यो । बुषालले नाच्न छोडे पछि आउजीले ‘क्या है जी क्या है’ भनि सोध्यो । त्यसपछि बुषालले आफ्ना दुबै हात खोल्दै एउटा ठूलो किताब निकाली अञ्जुलीमा ढल्काएर देखाउदै ‘बिद्या है जि बिद्या देशदेशावर वाला’ भनि प्रतिउत्तर दियो । कर्णाली वारी बाटै आप्mनो काँगर बिद्या प्रयोग गरी बुषालले करामत देखाएकाले आउजीले आफ्नो हार स्वीकार गरि चेलकाल्ला घाटबाट कर्णाली तरी वारी राक्म आई बुषाल लाई सेवा ढोग गरी आपसमा प्रेमभाव देखायो ।
अव गुण्या बुषालले आउजीलाई तिलेपाटा आफ्ना घर जाउ भनि प्रस्ताव राख्यो र उनीहरु तिलेपाटा लागे । यसै बिचमा गुण्याले ईसारामै अणन पणन (खटनपटन) गरी आप्mनो भाई बउगुण्या लाई आप्mनो घर पठाई सकेको थियो । बउगुण्याले पनि घरमा आई दाजुले अह्राए जस्तै गरी कामको कलाकौशलको तारतम्य मिलाई सकेको थियो । गुण्या र आउजी त्यहाँ पुग्दा गुण्याका खलामा एउटा काठको कलमा (मिल) धान कुटिदै थियो । त्यो कलमा मानिसले धान मात्रै हाल्नु पथ्र्यो । निफन्ने देखी चामल र भुष छुट्याउने काम कलले आफै गर्दथ्यो । यो सबै देखेर आउजी चकित भयो र तत्काल आफनी छोरी दिएर नाता कायम गरी सधैका लागी कुटुम्ब बनाई सम्बन्ध राख्छु भन्यो । उमेरमा आउजी पाको र बुषाल भाईहरु अविवाहित युवा थिए । आउजीले छोरी दिएर नाता कुटुम्ब कायम गर्ने कुरामा गुण्याका बा–आमा र गुण्या पनि सहमत भयो । उसका दुई भाई मध्ये कुनै एक भाईले आउजीकी छोरी विवाह गर्ने मतो भयो ।
यसपछि आउजी केही दिन तिलेपाटामा गुण्याको मेजमानीमा बस्यो । ऊ विनायक फर्किने बेला गुण्याले भाई बउगुण्या लाई आउजी संगै उनको घर बिनायक पठायो । बउगुण पनि केही दिन सम्म बिनायकमा आउजीका मेजमानीमा रमाएर बस्यो । बिनायक बाट बउगुण्या फर्के पछि गुण्याले बिनानयकमा आउजीका घरमा र गाँउघरमा के कस्तो चाल, व्यवहार र अवस्था छ भनि सोध्यो । प्रतिउत्तरमा बउगुण्याले बिनायकका गाउँमा आँम, जम्फु, जामना र केला जस्ता फलफल्लार पाईनुका साथै चेलकाल्लाको माछा र भात खान पाईने बडो बढिया गाउँ छ भनि भन्यो । साथै उसले दाजुलाई बिनायकमा आउजीको राम्रो बन्दोबस्त र गाउँघरमा उसको परिवारको राम्रो ईज्जत र नाम तथा मानमनितो समेत रहेको कुरा जानकारी गरायो । भाईका मुख बाट त्यो ठाउँको यस्तो बढिया बखान सुने पछि गुण्या आफु बिनायक गई त्यही आउजीकी छोरी विहेगरि त्यो बेला बाट बिनायकमै बन्दोबस्तोका साथ बस्तो भयो ।
(लेखक शाही कर्णालीको लोकजीवन, परम्परा, संस्कृति र व्यबहारको खोज तथा अध्यनमा रुची राख्दछन )
प्रतिक्रिया