नेता देखी नागरिकसम्म चेतनाको खाँचो: सभापति थापा

नेता देखी नागरिकसम्म चेतनाको खाँचो: सभापति थापा

नेतादेखी नागरिक सम्म जनचेतनाको अभाव भएकोले विकासले गतिलिन नसकेको प्रमुख अथिति एवं शिक्षा स्वास्थ्य,सुचना प्रविधिका समितिका सभापति संघिय साँसद अम्मरबहादुर थापाले बताए । बुधवार दैलेख जिल्ला प्रहरी कार्यालयले आयोजनाको गरेको ६९ औं प्रहरी दिवसमा उनले यस्तो बताएका हुन् ।
 
      देशमा तहका सरकार छन् । ती सरकारको आ–आफ्नो काम कानुनले तोकिदिएको छ । तर स्थानीय सरकारले आफ्नो खातामा आएको पैसालाई मात्र आफ्नो भन्ने संघ र प्रदेशबाट आएको पैसाको सदुपयोगको बारे वेवास्ता कारण देशमा विकासले गति लिन नसकेको आरोप लगाए । उनले भने,तपाई नगर र पालिका प्रमुख यतै हुनुहुन्छ,जुन सरकारबाट आएको बजेट पनि त्यो पालिकाको  हो । संघ प्रदेशबाट आएको बजेट पनि पालिकाकै हो,त्यसको पनि सदुपयोग गर्नुहोस र नागरिकलाई सरकार भएको अनुभुति दिनुहोस,चेतना विना सुरक्षा हुदैन,देशको निम्ति जनचेतना अनिवार्य छ,। संघिय सरकारले शिक्षा विद्येयक ल्याउने तयारी गरेपनि त्यो विद्येयकले शिक्षा कस्तो हुने बोलेको छैन । अबको शिक्षा बेरोजगारी समस्या समाधान गर्ने हुनुपर्छ ।यहाँको जिल्लामा प्रहरीको दरवन्दी कम छ । प्रहरी दरवन्दी थप गर्नका लागि म यो आवाज सदन,गृहमा राख्छु उनले आश्वासन दिए । 
त्यसैगरि सोही कार्यक्रममा बोल्दै संघिय साँसद सिताकुमारीले रानाले नेपाल प्रहरी अनुसन्धानमा अब्बल रहेको बताईन । हामी सिद्धान्तमा बाँधिएका छौं,राष्ट्र जनताको तपाईप्रति सुरक्षाको आशा र भरोषा छ,यो विश्वसनियता गुमाउनु हुदैन, उनले भनिन् ।
सोही कार्यक्रममा राष्ट्रिय सभा सदस्य सावित्री मल्ल,प्रतिनिधी सभा सदस्य दिपा शर्मा दैलेख जिल्लास्थित राजनिति दलको तर्फबाट समाजवादी पार्टीका अध्यक्ष मयाराम अधिकारीले शुभकामना मन्तब्य राखेका थिए । 

त्यसैगरि प्रहरी दिवसको अवसरमा आयोजना गरिएको महिलाहरुको ११–११ जनाको समूहको फुटसल प्रतियोगितामा नागरिक समाजका महिलाहरुको टोलीका प्रतिमा खड्का र प्रहरी कर्मचारीको समूहबाट खिमसरा डाँगी, प्रहरी कर्मचारीहरुबीच भएको व्याडमिन्टन, टेबुल टेनिसका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइएको थियो ।

प्रहरी सेवाको क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारजनहरु तिला जीसी, मनसरा गुरुङ्ग, बासमती थापा, घिउकुमारी राना, बखतबहादुर सुनार, पूर्व प्रहरीका ज्येष्ठ सदस्य ९४ वर्षीय जयबहादुर कुँवर, पूर्व प्रहरी संगठनको नवनिर्मित भवनका लागि जग्गादिने रेशमबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यालय र मातहतका १५ जनालाई उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार दिइएको छ । प्रहरी निरीक्षक सत्यनारायण चौधरी, प्रहरी नायव निरीक्षक देवबहादुर थलाल, चार जना प्रहरी सहायक निरीक्षकहरु ताराकेशर लामिछाने, भूपेन्द्रबहादुर शाही, प्रेम केसी, जगतबहादुर शाहीले पुरस्कार दिइएको थियो । भने प्रहरी वरिष्ठ हवल्दार राकेशकुमार बटाला, तीन जना प्रहरी हवल्दारहरु टोपबहादुर सुनार, गोकुलबहादुर रावल, धनबहादुर शाही, दुई जना प्रहरी सहायक हवल्दारहरु अनुप चौधरी, लक्ष्मी पौडेल, तीन जना प्रहरी जवानहरु खिमसरा डाँगी, रमेश बीसी, र तुलबहादुर बिकलाई पनि उत्कृष्ट प्रहरी कर्मचारी पुस्कार दिइएको छ ।

प्रहरीका कामहरुमा सहयोग पु¥याउने संघ–संस्था, व्यापारी व्यवसायी र स्थानीय सरकारका प्रतिनिधिहरुलाई पनि कदरपत्र दिइएको थियो । पुरस्कार, सम्मान र कदरपत्रहरु कायक्रमका प्रमुख अतिथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थापा, नेपाल प्रहरी श्रीमति संघका कर्णाली प्रदेश सदस्य गीता थापा, प्रमुख जिल्ला अधिकारी जैसी र दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले प्रदान गरेका थिए । 

प्रतिक्रिया