मौरीपालक कृषकलाई मौरीका आधुनिक गोला बितरण

दैलेख - दैलेखको दुल्लू नगरपालिका -२ बोडमा मौरीपालक कृषकलाई मौरी बितरण गरिएको छ । डिसीय नेपालको साझेदारी सोसेक नेपाद्वारा संचालित ग्रीन कर्णाली परियोजना मार्फत बितरण गरिएको हो ।
परियोजना मार्फत पानलोटा टुडिखेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छि पालन कृषक समुहका ५ जना मौरी पालन कृषक सदस्यहरुलाई आधुनिक मौरीको गोला सहित १० वटा घार, खाली आधुनिक घार २० र धुवाँदानी , ब्रुस, पञ्जा, स्पोन वितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषकलाई मह काट्ने गोला विभाजन गर्ने रोग किरा व्यवस्थापन सम्वन्धी र मौरीको चरन क्षेत्रबारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया