पूर्वगृहमन्त्री लामिछानेको भोलि म्याद थप गरिँदै

पूर्वगृहमन्त्री लामिछानेको भोलि म्याद थप गरिँदै

काठमाडौँ -  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको समय आज पुरा हुँदै छ ।

बिहीबार उनलाई म्याद थपका लागी अदालतमा उपस्थित गराइने कास्कीका एसपी श्यामबावु ओलियोले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘भोलि दोस्रोपटक म्याद लिन्छौं, अरु अनुसन्धानको प्रक्रिया भइरहेको छ ।’

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया