रविको बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

रविको बयान लम्ब्याउने बदनियत, बयान नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

पोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् ।    


प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यसहित बयानमा ढिलासुस्ती गरेपछी लामिछानेले बुधबार बयान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा आफू बसेको कुर्सी नछोड्ने अडान लिएका हुन् । 

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुनः बयान हुने भनियो । रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई भनेका थिए ।

‘उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे । त्यसपछि रविले म तयार छु, समय छ । प्रश्न भए सकौँ भने तर उनीहरु मानेनन्,’ स्रोत भन्छ ‘मलाई हिजो पनि दिनभरी सरकारी वकिल कार्यालय लगेर अलमल मात्रै गरेर राखियो । आज पनि दिनभरी बयान हुन्छ हुन्छ भन्दा भन्दै ३ बजेबाट सुरु गरेर जम्मा ३ वटा प्रश्न गरेर आज समय सकियो भनियो ।’ 

रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् । उनलाई मङ्गलबार बयानका लागि सरकारी वकिल कार्यालय पु¥याईएको थियो । तर, आज जिल्ला प्रहरी कार्यालयकै अर्को कक्षामा उनको बयान गराइँदै थियो । गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पु¥याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो । 

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ । बयान सकिए पछि अदालतमा म्याद थपका लागि अन्य बाहना नहुने भएपछि ढिला सुस्तीको प्रयास भएको लामिछानेले आफ्ना वकिलहरुलाई बताएका छन् । 

यस विषयमा बुझ्न कास्कीका प्रहरी प्रमुख श्याम ओलियालाई जिज्ञासा राख्दा उनले प्रवक्तासँग सोध्न आग्रह गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् रवि लामिछानेमाथि छानबिनको नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘आज सामान्य सोधपुछ भएको हो । अन्य विषय मलाई जानकारी भएन,’ उनले सिधाकुरासँग भने।

साे विषयमा जानकारी लिन जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । जिल्ला न्यायधिवक्त्ता कमला काफ्लेलाई पटक -पटक सम्पर्क गर्दा पनि उनकाे फाेन उठेन ।  साभार :सिधाकुरा

प्रतिक्रिया