कर्णाली प्राकृतिक स्रोत साधनले सजिएको छ : जोशी

कर्णाली प्राकृतिक स्रोत साधनले सजिएको छ : जोशी

दैलेख  - कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्राकृति स्रोत साधनले सजिएको बताए । बुधवार जिल्ला भ्रमणको क्रममा  दैलेख पुगेका जोशीले कार्यालय प्रमुख र राजनीति दलको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । 
,“भोको कर्णाली,अविकसित कर्णाली,पिछडिएको कर्णाली भनेर पढ्ने र सुन्ने गरिन्थ्यो । तर कर्णाली पढे र सुने जस्तो छैन् । कर्णाली सुन्दर छ,प्राकृतिक स्रोत साधनले सजिएको छ । पुथ्वीका रक्तसञ्चार मानिने दुई ठुलो भेरी र कर्णाली नदी,पेट्रोलियम पर्दाथ, यसै प्रदेशमा छ , जल,जमिन,वहुमुल्य जडिबुटीले भरिपुर्ण छ । नेपाली भाषाको पहिलो शिलालेख,धार्मिक एतिहासिक,देवल मठ मन्दिर विभिन्न विभिन्न जातजातिको उद्गमस्थल यस्तो सभ्यता बोकेका प्रदेश छैनन् । यो प्रदेशमा हिमाल,पहाड र तराईको हावापानी छ ।” मेरा पुर्खा पनि कालिकोटको चिलखायाबाट अन्यत्र बसाईसराई गर्नु भएको हो । यो जिल्ला भ्रमणमा म त्यहाँ पनि पुग्ने छु । नेताको बोलाई र व्यवहारमा आउने भिन्नताले गर्दा कर्णालीको विकास नभएको हो । हामीले यो प्रदेशको उन्नति र विकास गर्ने हो भने,प्रतिवद्धता र इमान्दारिताको खाँचो छ । कार्यालय प्रमुखलाई इंगित गर्दै उनले थपे तपाई प्रतिवद्धता र इमानदारिता भईदिनुहोला ?
जिल्लामा यहाँको राजनीतिदल विभेद नभएकोले नमुना योग्य रहेको पाउँदा आफुलाई खुशी लागेको जानकारी दिए । नागरिकको समस्याको समाधानतिर तीनै तहका सरकार लागे मात्र लोकतन्त्र बलियो हुने उनको भनाई छ ।दैलेख एतिहासिक र पुरातात्विक सांस्कृतिको धनी जिल्ला भएकोले स्थानीय उत्पादनमा वढावा दिई,विनियोजित बजेट सदुपयोग गरि कार्यक्रम सञ्चालन गर्नका लागि सुझाव दिए । 
त्यसैगरि  प्रतिनिधी सभा सदस्य दिक्पालकुमार शाहीले महिनामा सरकार बदलिरहने परिस्थितिले समुद्धि नआउने बताए । उनले भने,हामी समृद्धि ल्याउने त भन्छौं । तर महिना दिनमा बदलिने सरकारले आम नागरिकको विकास हेर्ने सपनालाई पुरा गर्न सकेको छैन । जिल्लाका अधिकाँश विकासका पैसा डिपिआरमा जान थाले । यसलाई अब रोक्नुपर्छ ।  
सोही कार्यक्रममा प्रतिनिधी सभा सदस्य सिताकुमारी रानाले सबै ठाउँमा राजनीति गर्नाले जिल्लाको विकास हुन नसकेको बताईन । नारायण नगरपालिका दैलेखले किरियापुत्री बनाएको घरलाई उदाहरण दिदै भनिन् । “हामीले विकास भविष्य हेरेर गर्नुपर्छ । बेरोजगारी समस्याले गर्दा गाउँघरमा बस्ती र घर रित्ता छन् । उत्पानशिलमा लगानी ग¥यौं भने मात्र त्यसले सार्थकता पाउँछ । संघियता सरलता हो,तर जटिल बन्दै गएकोले नागरिकमा विकासको पहुँच पुगेको छैन । वर्तमान  गठबन्धन सरकारको सयदिन पुगेपनि सुशासन आएको छैन,सत्य यही नै हो । तथ्यांक विना विकास नगर्रौ,उनले थपिन ।
भेटघाट कार्यक्रममा राष्ट्रिय सभा सदस्य सावित्री मल्ल,कर्णाली प्रदेश सभाका सदस्य पुर्णबहादुर खत्री,नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्मा र नेपाल पत्रकार महासंघ शाखाका दैलेखका अध्यक्ष यज्ञराज थापाले मन्तब्य राखेका थिए । 
 

प्रतिक्रिया