सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत -  सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको गाडी नम्बर कर्णाली प्रदेश ०२००१ ख १०१४ गाडी बराहताल गाउँपालिका - ८ हुड्केमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका -४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएकोमा चिकित्सकले लगत्तै मृत घोषित गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्घटनामा अन्य पाँच जना घाइते भएको जनाएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ। गाडीमा बच्चासहित २९ जना सवार थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया