सरकारविरुद्ध रास्वपाले ‘मौन धारण’ गर्ने

सरकारविरुद्ध रास्वपाले  ‘मौन धारण’ गर्ने

काठमाडौं -  रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थानमा गएर मौन धारण गर्ने भएको छ ।

दुई तिहाइको दम्भकारी सरकारविरुद्ध आन्दोलन जारी रहेको जनाउँदै रास्वपाले शनिबार सरकारको नैतिकताको मृत्युको मौन धारण गर्न लागेको जनाएको हो । बिहान ११ बजे कीर्तिपुर नगरपालिका -२ मैत्रीनगरमा कार्यक्रम गरिने रास्वपाले जनाएको छ ।

सहकारीको रकम अपचलन आरोपमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलनरत छ ।

प्रतिक्रिया