जाजरकोट भूकम्प पुनस्र्थापनामा सोसेकको चासो
दैलेख – १५७ जनाको ज्यान लिएको ६.४ म्याग्निच्युडको भूकम्पकाले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको त्यो त्रासदीले जाजरकोट र छिमेकी जिल्ला पश्चिमरुकुम र सल्यानमा बढी क्षति पु¥याएको थियो । मानवीय क्षतिसंगै तीन जिल्लामा ८७ हजार ९ सय २० घर पूर्णरुपमा ध्वस्त भएका एक वर्ष पुगेको छ । एक वर्ष अघि अर्थात २०८० कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटमा ४८ हजार ५ सय १६, रुकुम पश्चिममा ३४ हजार ९ सय ९७ र सल्यानमा ४ हजार ४ सय ७ परिवारको घरबास क्षति पुगेर पाटामा बस्न पारेको सरकारी निकायले अभिलेख राखेका छन् ।
घरबास गुमाएकाहरुका लागि अस्थायी आवास निर्माण गर्न सरकारले दुई किस्तामा ५० हजार रुपैयाँ दिने घोषणा गरेको तर प्रक्रियागत झण्झट, कर्मचारीको ढिलासुस्ती, स्थानीय सरकारको लाचारीपनले अस्थायी आवास निर्माण गर्नकै लागि पनि सरकारले पठाएको रकम खर्च भएको छैन । विपदको प्रतिकार्य योजना नहुनु, प्राप्त सहयोगलाई व्यवस्थित लगत नहुनु, राहत तथा पुनरस्र्थापना सहयोगलाई न्यायोचित वितरण नहुनु, पुनर्निर्माणको काम भइसक्नुपर्ने समय अवधि एक वर्ष अस्थायी आवास निर्माणकै काम अलपत्र परेको त्यसबेला राहत तथा पुनस्र्थानामा सहयोग गरेको सोसेक नेपालको विश्लेषण छ । सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले एक विज्ञप्ती प्रकाशित गर्दै लेखेको छ ‘त्यसबेला आफू सक्दो आपतकालिन सहयोग पु¥याएका थियौं, भूकम्प प्रभावितहरुको पुनस्र्थापनामा सरकारका काममा सहकार्य गर्न तत्पर रहेको भन्दै प्रतिवद्धता जनाउनुभएको छ । विपदमा लामो समयदेखि काम गरिरहेको सोसेक नेपालले भूकम्प गएको भोलिपल्ट अर्थात २०८० कात्तिक १८ गते खाद्यन्न, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री पु¥याएर राहत बाँड्नुसंगै स्थानीय सरकार र प्रशासनसंगको समन्वयमा पीडितहरुलाई मनोपरामर्श र भौतिक संरचना निर्माणमा सहयोग गरेको थियो ।
सुरुको बेला बालबालिकालाई भूकम्पको आघातबाट जोगाउन खेल्ने ठाउँ, मनोपरामर्श, अस्थायी टहरामा वैकल्पिक शिक्षा लगायत प्रयासपछि बालिबालिकालाई विद्यालयको औपचारिक शिक्षामा जानसक्ने बनाएको सोसेक नेपालको जाजरकोट भूकम्प पुनस्र्थापना कार्यक्रममा सहभागी अधिकर्मी दिपक बादीले बताउनुभयो । स्र्थापनामा सहयोग पु¥याउन सोसेक नेपालले यूनिसेफ, डीसीए लगायतका अन्तरराष्ट्रिय गैरसरकारी संस्था र विपदमा काम गर्ने नेपालका गैससहरुसंगको सहकार्यमा अतिविपन्न समुदायको लागि अस्थायी आवास, विद्यालय भवन, खानेपानी लगायतका भौतिक संरचना निर्माण गरिएको सोसेक नेपालका पूर्ण महताराले जानकारी दिनुभयो । गत वर्षको भूकम्पले जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५६ जना समेत एक सय ५७ जनाको ज्यान गएको थियो । त्यो भूकम्पले बढी क्षति पु¥याएको तीन जिल्ला जाजरकोट, पश्चिमरुकुम र सल्यानमा मात्र सहयोग कार्यक्रम केन्द्रित गरे पनि सुर्खेत र दैलेखमा समेत ६–७ हजार घरहरु क्षति पु¥याएको थियो । पुनर्निर्माणको लागि केन्द्र सरकार र प्रदेश सरकारको श्रोतहरु जुटाउन राजनीतिक बल बल नसकेको र स्थानीय सरकारहरुको निरहता पनि यी कामहरुमा ढिलाई र सबैजसो कामहरु अलमलमा परेका छन् । राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रले तदारुकता नजनाएका कारण पुनस्र्थापनाको काम पूर्णता पाएको छैन ।
प्रतिक्रिया