भगवतिमाइ गाउँपालिकामा चट्टयाङले छ किशोरी घाइते, एकको अवस्था गम्भीर
दैलेख – गोठालाबाट फर्किदै गर्दा भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोला टोलका ६ जना किशोरीहरु चट्टयाङ लागेर घाइते भएका छन् । सोमबार अपरान्ह बडालेख जङ्गलमा गाईबस्तु चराएर फर्किदै गर्दा हुलाकडाँडा टाकुरामा परेको चट्टयाङले उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा १६ वर्षीया तारा भन्ने संगीता मगर, १७ वर्षीया बिष्णु, १२ वर्षीया करिष्मा मगर, १४ वर्षीया विपना थापा, १६ वर्षीया सम्झना मगर र १४ वर्षीया चेतना मगर रहेका भगवतीमाई गाउँपालिकाका–५ का कार्यबाहक वडाध्यक्ष भक्तबहादुर बिकले जानकारी दिनुभयो । घाइते किशोरीहरु सबै जना माध्यमिक तहको शिक्षा आर्जन गरिरहनुभएको विद्यार्थी हुनुहुन्छ ।
विपना थापा नेपाल राष्ट्रिय मावि खजुरा सुर्खेतमा कक्षा ८ मा र अरु पाँच जना सबै भगवतीमाई गाउँपालिकाका–६ स्थित भगवती मावि थुवामा अध्ययनरत हुनुहुन्छ । बिष्णु मगर कक्षा १०, करिष्मा मगर कक्षा ७, सम्झना मगर कक्षा १०, चेतना मगर चाहिँ कक्षा ९ र गम्भीर घाइते संगीता मगर कक्षा ९ को विद्यार्थी हुनुहन्छ ।
गोठालाबाट गाई–बाख्रा फर्काएर आउदै गर्दा हुलाकडाँडामा पुग्दा पानी पर्न थालेपछि उनीहरुकाे साथमा गएका ५–६ जना बालबालिकाहरु अगाडि पठाएका तर अलि ठूलो पानी पर्न थालेपछि ओडारमा ओत लागेको ठाउँबाटै बालबालिकाहरुले ती किशोरीहरु भएको ठाउँमा चट्टयाङ परेको देखेका बताइएको छ ।
ती किशोरीहरु एकै ठाउँ झुम्मिएर उभिएकै ठाउँमा चट्टयाङ परेको र एकैसाथ किशोरीहरु ढलेको देखेका, त्यस लगतै ठूलो असिना पानीले झिजाउदा पनि उनीहरु नउठेपछि ओडारमा ओत लागेका बालकालिकाहरुले घरमा पुगेर खबर गरेपछि मात्र उद्धार गरिएको परिवारजनले सुनाए ।
चट्टयाङ परेको र एकैसाथ किशोरीहरु ढलेको देखेका तर अझैं नउठेको भनी साना बालकालिकाहरुले खबर गरेपछि त्यहाँ पुगेर उद्धार ग¥यौं स्थानीय टिकाराम थापाले बताउनुभयो । किशोरीहरुलाई उद्धार गरिएको घटनास्थलमा एउटा कुकुर र एउटा गाई मरेको छिमेकी केबी रोकाय मगरले जानकारी दिनुभयो ।
घाइतेहरुलाई सोमबार राति दैलेख अस्पतालमा पु¥याए लगतै घाइते किशोरीहरुको डा. मनोज बिश्वकर्मा र डा. नवलकिशोर यादवको टोलीले उपचार गरेको थियो । पाँच जनाको उपचार दैलेख अस्पतालमा चलिरहेको छ भने गम्भीर घाइते संगीता मगरलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको छ ।
गम्भीर घाइते संगीताको घाँटी र पेटको भागमा चट्टयाङले पोलिएको छ । दैलेख अस्पतालमा उपचार चलिरहेका मध्ये बिष्णु र बिपनालाई केही गाह्रो भएको बताउनुभएको छ । घाइतेहरुको अवस्था जानकारी लिन कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री दैलेख अस्पताल पुग्नुभएको थियो ।
प्रतिक्रिया