कर्णालीका नगर र रणनीतिक अस्पतालको स्तरोन्नती गरिन्छ : मन्त्री भण्डारी
काठमाडौँ - कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशमा रहेका नगर अस्पताल र रणनीतिक अस्पतालको स्तरोन्नती गरिने बताउनुभएको छ । । शुक्रवार डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर सञ्चालन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
सामाजिक विकास मन्त्रालयको आयोजना डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाको समन्वयमा त्रिपुराकोट स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविर तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा र उपशाखा त्रिपुरासुन्दरीद्वारा आयोजित निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविरको संयुक्त शिविर सञ्चालन गरिएको हो ।
पालिकस्तरमा हुने स्वास्थ्य संस्थाहरूबाट नागरिकको स्वास्थ्य प्रति गम्भीर हुनुपर्छ,उहाँले भन्नुभयो, त्यस अनुरूप यस किसिमका शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य संस्थाहरूबाट उपलब्ध हुन नसकेका सेवाहरुलाई शिविरका माध्यमबाट विषेशज्ञ सेवा प्रदान गरिएको हो ।
मन्त्री भण्डारीले दुर्गम तथा सुगम जिल्लाका नागरिकको स्वास्थ्य हक बराबर हुने भन्दै यसमा सरकारको विभेदकारी भूमिका हुन नदिन शिविरले टेवा पुग्ने विश्वास व्यक्त गरे। सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोखरेलले यस किसिमको शिविरबाट स्तरीय स्वास्थ्य संस्था नभएका ग्रामीण भेगहरूमा विषेशज्ञ सेवा प्रदान गरिएको बताउनुभयो । नागरिकको स्वास्थ्य प्रति सरकारी संयन्त्र संवेदनशील भएको धारणा व्यक्त गर्नुभयो ।
त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरभित्र विषेशज्ञ सेवा प्रदान गर्न अग्रसर भइरहेको जानकारी दिनुभयो । १५ सैयया अस्पताल निर्माणधिन अवस्थामा रहेको जानकारी दिँदै आगामी दिनको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाइने प्रतिवद्धता जनाउनुभयो । शिविरबाट देखिएका गम्भीर रोगको उपचार खर्च सामाजिक विकास मन्त्रालयले तथा डोल्पा देखिको यातायात खर्च नगरपालिकाले व्यहोर्ने जनाइएको छ। शिविर शनिबारसम्म सञ्चालन हुने बताइएको छ।
प्रतिक्रिया