पक्की पुलको शिलान्यास स्थानीयबासी हर्षित

पक्की पुलको शिलान्यास स्थानीयबासी हर्षित

दैलेख । महाबु गाउँपालिका र भैरवी जोड्ने छामघाट स्थित दाह्रेघाटमा पक्कीपुलको शिलान्यास भएपछि स्थानीयबासी खुशी भएका छन् ।  पुल निर्माणपछि १२ महिना यातायातको सहजता हुने भएपछि खुशी भएका हुन् । 
पक्कीपुल नहुँदा महाबुबासीले ४ महिना यातायातको साधन चढन पाउनबाट बञ्चित हुनु परेको स्थानीयबासी बताउँछन् । गएको शनिवार पुलको शिलान्यास प्रतिनिधी सभा सदस्य सिताकुमारी रानाले गरेकी हुन् । 

पुलको शिलान्यास गर्दै उनले भनिन् ‘समग्र महाबु गाउँपालिकाको भविष्यसंग जोडिएकोले पुल निर्माणको लागि धेरै प्रयास गरिएको बताईन । खोलामा पुल नहुँदा धेरैले ज्यान गुमाउनुका साथै पथ्र्यौ । गाउँमा उत्पादन भएको ताजा तरकारी र  बिरामी हुँदा उपचार समेत पाउन सकेका थिएनन । अब पुल निर्माणले सहजता ल्याउने छ ।’ 

महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष मञ्जु कुमारी पाण्डेले विगत लामो सयमदेखी पुल निर्माणको प्रयास हुदाँ आज त्यसले सार्थकता पाएको बताईन । महाबुबासीको भविष्य सँग जोडिएकाले यो  महाबुको विकासमा एक कोसेढुंगा सावित हुनेमा बताईन । पुल निर्माणको जिम्मा आर बि कन्स्ट्रक्सनले निर्माण सेवा लिएको छ । पाँच करोड लगानीमा दुई बर्षमा पुल निर्माण गरिसक्नुपर्ने छ ।  
 

प्रतिक्रिया