सोसेकद्वारा दुल्लू र अछामका कृषकलाई पक्की टनेल वितरण
काठमाडौँ - दैलेखको दुल्लू नगरपालिका र अछामको तुर्माखाँद गाउँपालिका कृषकलाई पक्की प्लाष्टिक टनेल वितरण गरिएको छ ।
डिसीय नेपालको साझेदारीमा सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना मार्फत ८ जना कृषकहरुलाई पक्की टनेल वितरण गरिएको हो ।
दैलेखको दुल्लू नगरपालिका वडा नम्बर -२ बोर्ड र अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर -१ रहफका कृषक सदस्यहरुलाई वितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानलोटा टुडिखेल कृषि तथा पशुपंक्षी समूह र शान्ती मिलन कृषक समूहका कृषक सदस्यहरुलाई पक्की टनेल वितरण गरिएको हो ।
पक्की टनेल पाएपश्चात् आफूहरु खुशीले उत्साहित भएको कृषकहरुले बताएका छन् । पहिले कच्ची टनेलमा व्यवसायिक तरकारी खेतीका लागि केही अप्ठेरो भएको थियो तर, अब पक्की टनेल पाएपछि सहज हुने भन्दै सोसेक नेपाललाई धन्यवाद दिए ।
प्रतिक्रिया