सार्वजनिक सेवा प्रवाहको अवस्था खोज्दै, मुख्यमन्त्री जिल्ला भ्रमणमा

सार्वजनिक सेवा प्रवाहको अवस्था खोज्दै, मुख्यमन्त्री जिल्ला भ्रमणमा

   दैलेख । विनियोजित बजेटको अवस्था खोज्दै यतिवेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जिल्ला भ्रमण अभियान थालेका छन् । प्रदेश सरकारबाट विनियोजित बजेटको कार्यान्वयन अवस्था,प्रदेशका योजनाप्रति स्थानीय जनप्रतिनिधीको बुझाई,समन्वय र सुझाव संकलनका लागि जिल्ला भ्रमण अभियान थालेका हुन् । 

गएको सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुर्खेतले दैलेखमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा बोल्दै कँडेलले भने,तीनै तहका सरकारले नागरिकमा खुशी ल्याउन सकेका छैन । हामीले सार्वजनिक सेवा प्रवाहका लागि सबैले समन्वय गरेर अगाडी बढनुपर्छ । एकले अर्कोलाई देखाएर नागरिकले खुशी पाउन सक्दैनन् । अब तीनै तहका सरकारले विश्वास बढाउन र अनुभुति दिलायौं भने,तव मात्र नागरिकले सन्तुष्टि पाउँछन । नागरिकको अवस्था,जनप्रतिनिधीको प्रदेशप्रतिको बुझाई र योजना कार्यान्वयनको अवस्थाको बारे जानकारी लिन जिल्ला भ्रमण अभियान थालेको जानकारी दिए । 

 सोही क्रममा प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिदै भने,‘म अनुहारको पक्षमा छैन,परिणाम पक्षमा छु । परिणाम दिनको लागि सबैको आवश्यक छ । विभिन्न दल,जनप्रतिनिधी र कर्मचारी समन्वय गरेर अगाडी गए अवश्य गतब्यमा पुगिन्छ । हाम्रो काम राम्रो कसरी वनाउन सकिएला भने जिम्मेवारी सबै काँधमा छ । यो कामले तपाई हामीलाई विश्वास दिलाउँछ,संविधानलाई कार्यान्वयन गर्छ,लोकतन्त्रलाई संस्थागत ।’
कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोद शाहले सरकारले बनाएको नीति योजना तथा बजेट कार्यक्रम कार्यान्वयनमा कर्मचारीहरुको सहयोग आवश्यक रहेको औंल्याएका थिए ।  सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले योजनामा दोहोरोपन हटाउन र पारदर्शिता तथा जवाफदेहिता अभिबृद्धि गर्न जरुरी रहेको बताए । 

प्रतिनिधिसभाका सदस्य सूर्यकुमारी श्रेष्ठ, कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री गमता बिक, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी नमराज जैसीले जिल्लाका विकास गतिविधि, सम्भावना, सवल पक्ष र चुनौतीका विषयमा आआफ्नो राय, सुझावहरु राखेका थिए । 
त्यसै सोही अन्तरक्रिया कार्यक्रममा भगवतीमाई भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले योजना वितरणमा हुने गरेको पक्षपाती व्यवहार गरेको दुख व्यक्त गरे । ‘मुख्यमन्त्रीको पालिका बीरेन्द्रनगरमा २१ करोड ११ लाखका ८२ वटा योजना, आर्थिक मामिला मन्त्रीको गृह नगर बाफीकोटमा ४ करोड ८ लाखका २४ वटा योजना परेका तर डोल्पाको तिला गापामा ७ लाखको एउटा, सल्यानको कपुरकोटमा १० लाखको एउटा र दैलेखको भगवतीमाई गापामा १५ लाखको एउटा योजना परेको छ ।’ ‘यस्तो व्यवहारले कसरी सन्तुष्टी हुन्छ । उनले भने,भगवतीमाईले रक्षा गरुन !
 
 

प्रतिक्रिया