अछामको रहफका कृषकले पहिलो पटक पाए पक्की प्लाष्टिक टनेल
पहिलो पटक पक्की प्लाष्टिक टनेल पाउँदा सोसेकलाई दिए धन्यवाद
काठमाडौँ - अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ अछाममा पक्की प्लाष्टिक टनेल बितरण गरिएको छ । डिसीए नेपालक साझेदारीमा सोसेक नेपालद्वारा संचालित ग्रीन कर्णाली परियोजना मार्फत पक्की प्लाष्टिक टनेल बितरण गरिएको हो ।
सोसेक नेपालद्वारा संचालित ग्रीन कर्णाली परियोजना मार्फत शान्ती भैरव कृषक समूहका चारजना कृषकहरुले पहिलो पटक पक्की प्लाष्टिक टनेल पाएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो । उहाँका अनुसार यस ठाउँमा यस भन्दा पहिले कुनै पनि संस्थाबाट कृषकहरुले पक्की टनेल नपाएको र सोसेकबाट पहिलोपटक पक्की प्लाष्टिक टनेल पाएको बताउनुभयो ।
आफूलाई पहिलोपटक सोसेक नेपालले पक्की टनेल सहयोग गरेकोमा तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफ अछामका रमेश बहादुर शाहीले खुशी व्यक्त गर्नुभयो । अहिले सम्म कुनै पनि संघसंस्था र सरकारी निकायबाट पक्की प्लाष्टिक टनेल सहयोग पाइएको थिएन,’खुशी हुँदै शाहीले भन्नुभयो, ‘अब यस भित्र व्यवासायिक तरकारी खेती गर्न धेरै सहज हुनेछ हामी जस्तै हाम्रा अन्य सदस्यहरुले पनि सहयोग पाउने आशा छ ।’
त्यस्तै सोही ठाउँकै ललिता रावल पनि आफूले पक्की प्लाष्टिक टनेल पाउँदा दंग हुनुहुन्छ । पहिले पक्की प्लाष्टिक टनेल नहुँदा तरकारी खेतीमा रोगकिराले सताएको र अब पक्की टनेल पाएपछि तरकारी खेतीका लागि सहज हुने भन्दै सोसेक नेपाल र डिसीए नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।
अछामको रहफ जस्तो बिकट ठाउँमा कसैको पनि नजर परेको थिएन पहिलो पटक सोसेक नेपालले यहाँका कृषकलाई सम्झेर पक्की प्लाष्टिक टनेल उपलब्ध गराएकोमा धन्यवाद,’उहाँले भन्नुभयो, ‘आगामी दिनमा पनि यस्तै सहयोग सद्भाव रहिरहनेछ भन्ने अपेक्षा गर्दछौँ ।’
प्रतिक्रिया