महावुमा अध्यक्ष पद लागि काँग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता

महावुमा अध्यक्ष पद लागि  काँग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता

  दैलेख । महावु गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट झलक भण्डारीको उम्मेदवारी दर्ता गरेका छन् ।   
महावु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट झलक भण्डारीले उम्मेदवार दर्ता गरेका हुन् ।  यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि भण्डारीले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । भण्डारीले ११ः४५ मा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे जानकारी दिए ।  अन्य दल मनोनयन दर्ताको लागि आउदै हुनुहुन्छ । अहिले सम्म नेपाली काँग्रेसको उम्मेदवार झलक भण्डारीले मात्र मनोनयन दर्ता गर्नु भएको छ ,उनले भने ।  


त्यसैगरि दुल्लूनगरपालिका वडानं –१३ वडाअध्यक्ष पदका लागि चार जनाले उम्मेदवार दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट रेशमबहादुर शाही,नेकपा माओवादीबाट ढकेन्द्र बहादुर शाही,नेपाल मजदुर किसान पार्टीबाट पुर्ण प्रसाद उपाध्याय र राप्रपा पार्टीबाट रेशमबहादुर शाहीले उम्मेदवार दर्ता गरेको  मुख्य निर्वाचन अधिकृत पाण्डे जानकारी दिए । 

प्रतिक्रिया