पुर्व सभामुख दमननाथ ढुंगानाको निधन

पुर्व सभामुख दमननाथ ढुंगानाको निधन

काठमाण्डौं । पुर्व सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ।  तीन महीनादेखि अस्वस्थ रहेका ढुंगानाको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आइतबार दिउँसो २ बजे निधन भएको उनका भान्जा सुरज भट्टराईले  जानकारी दिए । 
उनी फोक्सोको क्यान्सरबाट ग्रस्त थिए। उनको लामो समयदेखि उपचार चलिरहेको थियो। उनी २०४८ सालको आमनिर्वाचनमा काठमाडौं -२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०४८ देखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख बनेका थिए।

प्रजातान्त्रिक आन्दोलनमा उनको महत्त्वपूर्ण योगदान रहेको छ। राजनीतिक आन्दोलनका क्रममा पटक पटक जेल जीवन बिताएका थिए। वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना मानव अधिकारको क्षेत्रमा पनि क्रियाशील थिए।
 

प्रतिक्रिया