पारम्परिक खेती छाडेर व्यवसायिक तरकारी खेती
काठमाडौँ - दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर -१ खातीगाउँकी पुजा बोगटी थापा पहिले लामोसमय देखि पारम्परिक खेतीमा निर्भर हुनुहुन्थ्यो । पुजा र उहाँको परिवारले परम्परागत खेती गर्दै आउनएको थियो ।
पहिले यो ठाउँमा अन्न बालीको खेती मात्र थियो –तर, यो परम्परागत खेतीले पूजा परिवारलाई छाक टार्न त भयो तर, ढुक्कसँग जीवनयापन गर्न सकेन । पहिले दुःख गरे अनुसारको फल नपाइने गरेको पुजाले सम्झिनुभयो । जब मैले मकै, धान र गहुँको खेती गरेँ, त्यो सँगै गरेको दुःख र निराशा बिर्सन सक्दिन,’उहाँले भन्नुभयो, ‘परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेती रोज्दा अहिले सहजसँगै फाइदा भएको छ ।’
पहिले मल र सिचाईँ अभावले गर्दा परम्परागत खेती गर्न मुस्किल भएको थियो । सिचाईँ र मलको अभावले गर्दा उहाँ जस्ता कृषकका लागि जीविकोपार्जन चुनौतीपूर्ण थियो । तर, २०७७ सालमा नयाँ बाटो समात्ने निर्णय गर्नुभयो । एक गैर सरकारी संस्थाबाट तीन दिने तालिम पाएपछि व्यवासायिक तरकारी खेतीमा होमिने अठोट गर्नुभयो ।
उहाँको त्यो अठोट र लोभलाग्दो व्यवसायिक तरकारी खेतीले उहाँलाई मात्र नभएर नभएर सिंगो परिवार र छरछिमेक समेतलाई प्रेरित गरेको छ । पुजाको त्यो अठोटले उहाँका बारीहरुलाई सागसब्जीले हरियाली बनाएको छ । आज ती बारीहरुमा काउली, बन्दा, बन्दागोभी, टमाटर र मटरजस्ता सागसब्जीहरु लहलहाउछन् ।
परम्परागत खेती मकै, गहुँ र जौँको खेतीबाट खासै फाइदा पनि नहुने हुन्थ्यो अहिले व्यवसायिक तरकारी खेती रोज्दा राम्रै भएको छ,’ उहाँले हाँस्दै भन्नुभयो, ‘पहिले आफ्नै लागि मात्र तरकारी लगाउँथ्यौँ, त्यसबाट मैले थाहाँ पाएँ, तरकारी खेतीको बारेमा । पछि सियसडिसिको सहयोगमा तीन दिने तालिम पाएपछि यो विषयमा राम्रोसँग जानकारी पाएर व्यवसायिक तरकारी खेतीमा होमिएँ ।’
व्यवसायिक तरकारी खेतीमा होमिएकी पुजालाई सासु सासुरा र श्रीमानले समेत साथ दिइरहेको उहाँको भनाई छ ।
विष नहाली तरकारी फल्छ
व्यवासयिक तरकारी खेतीमा होमिएकी पूजाले रासायनिक मल लगायत अन्य विषादीको प्रयोग नगरी तरकारी फलाउने गरेको बताउनुहुन्छ ।
अहिले बजारमा विभिन्न रासायनिक मल प्रयोग गरेका तरकारीहरु पाइन्छन, जस्ले स्वास्थ्यमा असर गर्दै आएको सुनिन्छ,’उहाँले भन्नुभयो,’मैले आफ्नो र समाजको स्वास्थ्यले ख्याल गर्दै घरमै विभिन्न पापतिङ्गर कुहाएर जैविक विषादी प्रयोग गर्ने गर्छु, रोगकिरा नियन्तणका लागि जैविक विषादी, झोल मल, १,२,३ र गाईको मलमुत्र प्रयोग गर्ने गरेको छु ।’
छरछिमेक समेत पुजाको सिको गर्दै तरकारी खेती गर्दै
पहिले परम्परागत खेतीमा दुःख र निराशा मात्र देख्नुभएकी पुजाले व्यवसायिक तरकारी खेती गर्ने सपना देख्नुभयो । त्यसपछि हरिया काउलीका बोट, हरिया लोभलाग्दा मटर र टमाटर र सागसब्जीले हरियाली बनेको बारीले व्यवसायिक कृषक बन्ने सपना साकार हुन थाल्यो । करिब १० पाथी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ ।
पहिले हामी आफ्नै लागि मात्र तरकारी लगाउँथ्यौँ,’ उहाँले भन्नुभयो, ‘तर, व्यवसायिक रुपमा गर्न थालेपछि राम्रो आम्दानी हुन थाल्यो ।’
पुजाको सफलता र मेहनतको फलले गर्दा उहाँको परिवार छरछिमेकलाई समेत व्यवसायिक तरकारी खेतीमा प्रेरित गरेको स्थानीय कृषक हस्त सुजी बताउँनुहुन्छ ।
उहाँहरुले व्यवसायिक तरकारी खेतीमा राम्रो गर्दै आउँनुभएको छ,’सुजीले भननुभयो, ‘उहाँहरुको बारीमा राम्रो तरकारी फलेको देखेर हामी पनि प्रेरित हुँदै आफूलाई घरमा खानको लागि उहाँहरुबाटै काउली बन्दाको बोट ल्याएर लगाएका छौँ ।’
पूजाका लागि तर, यो यात्रा सहज भने थिएन । आफ्नै निजी लगानी र केही संस्थाको सहयोगमा यहाँसम्म पुगेको पूजाको भनाई छ । ‘अहिलेसम्म सरकारी तवरबाट कुनै सहयोग पाएकी छैन,’उनी भन्छिन् ।
गैर सरकारी संस्था सोसेकबाट एकथान त्रिपाल र बीउ-विजन पाएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘तर, बाँकी सबै काम हामी आफैले गर्नुप¥यो ।’
तरकारी खेतीबाट मनग्य आम्दानी
सुरुमा आफूलाई खानको लागि मात्र तरकारी लगाउने पुजाले अहिले व्यवसायिक रुपमा तरकारी खेतीमा होमिएको उहाँको भनाई छ । तरकारी र बाख्रापालन व्यवसायबाट वार्षिक डेढलाख सम्म आम्दानी गर्ने गरेको उहाँको भनाई छ ।
व्यवसायिक तरकारी खेतीमा २०७७÷०७८ बाट होमिए पनि पूजाले २०७९ मा विनोद कृषि पशुपंक्षी तथा मत्स्य मर्फ दर्ता गर्दै व्यवसायिक तरकारी खेतीमा सशक्त रुपमा होमिएको उहाँ बताउँनुहुन्छ ।
व्यवसायिक तरकारी खेती गर्नका लागि करिब चासय मिटर टाढाबाट निजी लगानीमा सिचाईँको लाग पाइम बिच्छाएर घरसम्मै पु¥याएको उहाँले बताउनुभयो ।
परम्परागत खेतीले निराशामात्रै दिएको भन्दै, व्यवसायिक तरकारी खेतीले जीवन फेरिदिएको बताउँनुहुन्छ । पहिले मन बुझाउने कुनै कुरा थिएन,तर, अहिले व्यवासयिक तकारी खेतीले राम्रो आम्दानी दिन थालेको छ,’ उहाँले भन्नुभयो ।
परम्परागत खेतीलाई कम गर्दै व्यवासायिक तरकारीको दायरा बढाउदै लिएकी छु,’उहाँले भन्नुभयो, ‘अहिले गरिरहेको व्यवसायिक तरकारी खेतीबाट घरखर्च चलाएर वार्षिक डेढ लाख जति आम्दानी हुन्छ ।’
व्यवसायिक तरकारी खेतीसँगै पूजाले बाख्रापालन पनि गर्दै आउनुभएको छ । जस्ले गर्दा उहाँको आम्दानीलाई अझ सशक्त बनाएको छ । बाख्रापालन व्यवसायबाट पनि अहिलेसम्म राम्रै भएको छ,’उहाँ भन्नुहुन्छ, ‘पहिलो पटक एउटा बाख्रा किनेर अहिले चारवटा सम्म बाख्रा पुर्याएकी छु ।’
दैलेखको ठाटीकाँध गाउँपालिका -१ खातीगाउँ भोटकी पूजा बोगटी थापाको कथा एक व्यक्तिको सफलताको कथा मात्र होइन, यो त ग्रामिण समुदायका कृषकका लागि एक प्रेरणादायी यात्रा हो ।
परम्परागत खेतीको बन्द गल्लीबाट व्यवसायिक तरकारी खेतीको खुला मार्गमा पाइला चालेर उहाँले देखाएको गोरेटोले अरुलाई पनि आत्मनिर्भर बन्न सिकाउँदैछ । ग्रामिण समुदायका केही गरौँ भन्ने जोश र होस भएका कृषकलाई सरकारी तथा गैर सरकारी तवरबाट उचित सहयोगको आवश्यक छ । यसमा सबैले हातेमालो गर्दै ग्रामिण समुदायका कृषकको जीवनस्तर उकास्न सबैले हातेमालो गर्न आवश्यक छ ।
प्रतिक्रिया