दुल्लूमा मनाइयो विश्व शौचालय दिवस

दुल्लूमा मनाइयो विश्व शौचालय दिवस

काठमाडौँ  -  दैलेखको दुल्लू नगरपालिकामा विश्व शौचालय दिवस मनाइएको छ । हेल्भेटास नेपालको साझेदारी सोसेक नेपालद्वारा संचालित जलस्रोत व्यवस्थापन कार्यक्रमको सहजीकरण शौचालय दिवस मनाइएको जलस्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता निर्मला नेपालीले जानकारी दिनुभयो ।

शौचालय दिवसको अवसरमा गरिएको कार्यक्रममा दुल्लू नगरपालिका -११ मा संचालित पैयाखोला तोरिया खानेपानी तथा सरसफाई योजनाका ३५ जना उपभोक्ताले शौचालय सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । फोहोर शौचालयमा जीवाणु, ब्याक्टेरिया, र भाइरसले रोग फैलाउने र दैनिक शौचालय सरसफाइमा ध्यान दिदा सफा शौचालयले संक्रमणको सम्भावना कम कम गर्ने उपभोक्ता पैयाखोला तोरिया खानेपानी तथा सरसफाई योजनाका उपभोक्ता तुलाराम थापाले बताउनुभयो ।

उक्त कार्यक्रममा समुदायमा रहेका अव्यवस्थित शौचालय सुधार गर्ने, नियमित शौचालयको प्रयोग गर्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै शौचालय नियमित सफा राख्ने, शौचालयमा हर्पीक ब्रस राख्ने र शौचालय जादा चप्पलको प्रयोग गर्ने विषयमा छलफल गरिएको  बताइएको छ ।

त्यस्तै दुल्लू नगरपालिका -१२  को जुम्लेसाल टोलमा पनि विश्व शौचालय दिवसको अवसरमा सुरक्षित शौचालयको प्रयोगबारे छ्लफल गरिएको छ । सबैले शौचालय अवस्थाबारे अनुगमन गरि कस्को चर्पी सफा छ कस्को फोहोर छ के सुधार गर्नु पर्छ भन्ने छलफल गरिएको सामुदायिक सहजकर्ता देवि सापकोटा लम्सालले बताउनुभयो  । 

प्रतिक्रिया