काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलद्वारा १६ बुँदे घोषणा–पत्र सार्वजनिक
काठमाडौँ - ग्रामिण स्तरमा कार्यरत नागरिक समाजका संघ संस्थाको सवलीकरण मार्फत सिमान्तकृत समुदायको जीविकोपार्जन विषयक काठमाडौँमा सम्पन्न राष्ट्रिय सम्मेलनले १६ बुँदे घोषणा–पत्र सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) को आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग, काठमाडौं विश्व विद्यालय, कृषि वन विश्व विद्यालय र युथ एडभोकेसी नेपाल सहित १२ वटा संघ–संस्थाको सहकार्यमा मिति २०८१ मंसिर ५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनका हामी १२५ जनाभन्दा बढी सहभागीको तर्फबाट १६ बुँदे घोषणा–पत्र सार्वजनिक गरिएको राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान) का सल्लाहकार भोला भट्टराइले जानकारी दिनुभयो ।
घोषणा पत्रमा अल्पसंख्यक र सिमान्तकृत समुदायका व्यक्तिहरुको लघु वित्त, वैंक तथा वित्तिय संस्थाहरुमा सहज र सर्वसुलभ पहुँच सुनिश्चित गरियोस्, कृषि, हस्तकला, साना तथा मझौला उद्यमहरुमा आवश्यक पर्ने सिप तथा क्षमता विकासका लागि विशेष नीति तथा कार्यक्रमको तर्जुमा गरियोस लगायतका बुँदा रहेका छन् ।
त्यस्तै सिमान्तकृत नागरिकहरुको आधारभुत स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच सुनिश्चित गरियोस । साथै, स्थानिय स्तरमा घुम्ति स्वास्थ्य सेवा संचालन गरियोस, सिमान्तकृत नागरिकहरुलाई लक्षित गरी भौतिक संरचना (वाटोघाटो, खानेपानी, विद्युत, एकिकृत वस्ती आदी) निर्माण गरियोस, शक्ति संरचनालाई पुर्नसंरचना गर्दै सिमान्तकृत नागरिकहरुलाई राज्यका नीति निर्माण हरेक तह र तप्कामा अर्थपुर्ण प्रतिनिधित्व तथा नेतृत्व सुनिश्चित गरियोस भन्ने बुँदाहरु उल्लेख गरिएको छ । बाँकी बुँदा तल पढ्न सक्नुहुनेछ ।
१६ बुँदे घोषणा–पत्र
प्रतिक्रिया