व्राउन सुगर सहित दैलेखमा तीन जना पक्राउ

व्राउन सुगर सहित दैलेखमा तीन जना पक्राउ

दैलेख – व्राउन सुगर सहित दैलेखमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नारायण नगरपालिका–६ गणेशचोकका २१ वर्षीय शिवराज थापा, नारायण नगरपालिका–१ नयाँबजारका २२ वर्षीय प्रेमबहादुर बीसी र नारायण नगरपालिका–१ दैलेखबजारको १९ वर्षीय मौसम मल्ल पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक लालबहादुर सुनारले जानकारी दिए ।  जिल्ला सदरमुकाममा लागुऔषध ब्राउन सुगर कारोवार गरी रहेको भन्ने सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले खानलासी गरी लागू औषध ब्राउन सुगर सहित तीन जनालाई  पक्राउ गरेको हो,उनले भने । 

खानतलासीको क्रममा खैरो धुलो पदार्थ कालो प्लाष्टिक सानोसानो पुरिया बनाई लुकाई छिपाई राखेका सात पुरिया ब्राउन सुगर फेला पारिएको र दशीप्रमाण सहित अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी सुनारले जानकारी दिए । 

प्रतिक्रिया