बस दुर्घटनाका ८ जना घाईतेहरुलाई एम्वुलेन्सबाट सुर्खेत ल्याईदै

बस दुर्घटनाका ८ जना घाईतेहरुलाई एम्वुलेन्सबाट सुर्खेत ल्याईदै

दैलेख । जुम्लाबाट टिकापुर जाँदै गरेको ना४ख ६०५६ नम्वरको बस कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको छ । स्थानीयका अनुसार बसको बे्रक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुग्दै गरेकोले घाईतेहरुको संख्या र अवस्थाबारे एकिन हुन नसकेको हो । घाईतेहरुमा ४ जना महिला, २ पुरुष र २ बच्चालाई एम्वुलेन्सबाट प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाईएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए ।

प्रतिक्रिया