माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च

माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च


कैलाशदेखि गंगासम्मको यात्रा मात्र होइन, नेपालको भीरपाखामा रहेका नेपाली जनजीवनको  पत्रपत्र केलाउने प्रयास पनि हो, छालबाटो।

काठमाण्डौं । दोबाटो, चौबाटोजस्ता शब्द चलनचल्तीमा छन्। छालबाटो चल्तीको शब्द होइन। पश्चिम नेपालको कर्णालीतिर नदी किनारको बाटोलाई छालबाटो भनिँदो रहेछ। लेखक रमेश भुसालले कर्णालीको तीरैतीर हिँड्दा थाहा पाएको शब्द ‘छालबाटो’लाई आफ्नो यात्रा वृत्तान्तको शीर्षक चयन गरे।

कर्णाली नदीको उद्गम तिब्बतको माम्चा चुङ्गोदेखि कर्णाली विसर्जन हुने भारतको घाघरासम्मको ४५ दिने यात्रा वृत्तान्त ‘छालबाटो’को कथामा मात्रै सीमित छैन। दश पाठमा विभाजित ३१३ पृष्ठको पुस्तकले कहिँ मूलबाटो, कहिँँ गोरेटो र कहिँ घोडेटोका पाइला पच्छ्याउँदै नेपाली जनजीवन र पात्रका कथा उधिनेको छ। सँगसँगै तिब्बती र भारतीय पात्रका कथालाई पनि छोडेको छैन।

झन्डै एक हजार १०० किलोमिटरको कर्णाली नदीको शिरदेखि पुछारसम्मको र शिरमा पुग्न काठमाडौंदेखि तिब्बतसम्मको अर्को एक हजार किलोमिटरको यात्रा वृत्तान्त हो, ‘छालबाटो’।

कर्णाली नदीको समग्र अवस्थाको अध्ययन गर्ने र नदीको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बुझ्न समाजशास्त्री, भूगर्भशास्त्री र नदीविज्ञको टोली कर्णालीको शिरदेखि पुछारसम्मको यात्रामा निस्कन्छन्। नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेको अगुवाइमा १२ जनाको टोलीमध्ये ६ जना तिब्बत हुँदै नेपाल पस्छन् भने बाँकी हुम्लाबाट जोडिन्छन्।

काठमाडौंबाट रसुवा हुँदै तिब्बतको केरुङ, सागा, पश्चिम कैलाश पर्वत र मानसरोवर पुग्छन्। मानसरोवरबाट हुम्ला हुँदै बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डोटी, बर्दिया हुँदै कैलाली झर्छन्। अनि भारत छिरेर उत्तरप्रदेश र विहारको सिमाना छपरा पुग्छन्, जहाँ कर्णाली गंगामा मिसिन्छ।

तिब्बतमा घुम्ने अनुमति पाउनै मुश्किल हुन्छ। कथम् अनुमति पाइयो नै भने पनि कहाँ(कहाँ जाने भन्ने पहिल्यै तय भएको ठाउँबाहेक दायाँबायाँ जान नपाइने रहेछ। न इमेल, न त फोन सुविधा। नाका(नाकामा मोबाइलमा भएका फोटासमेत निगरानी हुने। गाडीभित्र पनि सीसीटीभी। राजमार्गमा सेनाले गर्ने निरन्तरको कठोर निगरानीले घुम्न हिँडेको हो कि सकस खेप्न हिँडेको जस्तो लाग्छ।

तिब्बतको यात्रा वृत्तान्त पढ्दा नेपालमा विगतमा माओवादी विद्रोह उर्लेका वेला लगाइएको संकटकालमा राजमार्गमा सुरक्षाकर्मीले गर्ने रुखो व्यवहार र गाउँठाउँमा व्याप्त सन्त्रासको झल्को पाठकले पाउँछन्। तिब्ब्तमा व्याप्त डर पर्यटकलाई मात्र होइन, स्थानीयलाई पनि उत्तिकै रहेछ। तिब्बतको ताक्लाकोट माइती भएर हुम्लामा घरजम गर्दै आएकी पेमा आङमो तिब्बतमा विकास त भयो तर मनमा शान्ति छैन भन्छिन्।

“उता तिब्बतमा यता जस्तो मनलाग्दी गर्न पाउँदैन। गुम्बा जान पनि दिँदैन। धर्म मान्न पनि गाह्रो छ। उनीहरूले वेलावेला भन्छन्, ‘तँ त बरु भाग्यमानी छस्, गुम्बा जान पनि पाउँछस्, जहाँ मन लाग्यो त्यही जान पाउँछस्, हामी त पाउँदैन।’ उता देश त बन्यो। तर डर छ। यता केही भएको छैन। तर डर छैन। ढुक्कले बोल्न पाउँछ, डुल्न पाउँछ।” ९पृ। ११७०

तिब्बत हिँडेका हाम्रा यात्री यसो विश्राम र समय भएको बेला दायाँबायाँ घुम्न जान खोज्दा पनि तिब्बती गाइडले ‘भोटे कुकुरले टोक्छ है’ भनेर तर्साउँदा रहेछन्। नेपाली गाइड तिब्बती गाइडको छायामा पर्दा रहेछन्। भाषा नबुझ्दा आफूले खान चाहेको कुरा बुझाउन नसक्दाको सकस, सञ्चारमा हुने अवरोधले यात्राको रोमाञ्च प्रस्तुत गरेको छ।

सन् २०१२ मा प्रकाशित ‘डर्टी, सेक्रेड रिभर्स’ ९फोहोर, पवित्र नदी० पुस्तककी लेखिका चार्ली कोलोपीले पनि गंगा नदीको हिमाली मुहानदेखि पुछारको बाङ्लादेशसम्मको यात्रा गरेर पुस्तक लेखेकी थिइन्। उनले आफ्नो पुस्तक ‘आधुनिक इन्जिनियरिङ माथिको शंका र यस उपमहाद्विपको रैथाने जल व्यवस्थापनको उपायहरूको उजागर’ गर्ने जमर्को भएको बताएकी छन् ९पृ। ६स कोलोपीस सन् २०१२०। उनकै जस्तो प्रयासलाई ‘छालबाटो’ले पनि समात्न खोजेको छ।

आधुनिक इन्जिनियरिङले स्थानीय ज्ञान र समाजशास्त्रीय महत्त्व मात्रै होइन, पर्यावरणलाई बेवास्ता गरेकै छ भन्ने सन्देश दिँदै ‘छालबाटो’ले ठूला बाँध र पूर्वाधार निर्माणका सन्दर्भमा दिगो विकासको विकल्प के हुन सक्छ भन्ने सोच्न प्रेरित गर्छ। पुस्तकले अहिलेसम्म बाँध नबाँधिएको र तर बाँध बाध्ने सबै तारतम्य मिलेर काम शुरू हुन मात्रै बाँकी रहेको कर्णाली नदीमा कुनै विकास पूर्वाधार बनाउनु पूर्व स्थानीयको कुरा सुन्नुपर्ने दवाव सिर्जना गरेको छ भने विज्ञको राय प्रसारमा पनि मद्दत पुर्‍याएको छ, जुन पुस्तकको सराहनीय पक्ष हो।

‘बाँध र विकास’ पुस्तकमा ‘किसानले नै नेपालको परम्परागत रूपमा कुलो बनाइ सिँचाइ व्यवस्थापन गर्दै आएका’ र ‘सिँचाइ प्रणालीको न्यायोचित आधुनिकीकरण र दक्ष व्यवस्थापन’ नेपालका विद्यमान समस्या औंल्याएको सन्दर्भमा ‘छालबाटो’ले साना किसानको आवाज मुखरित गर्ने प्रयास गरेको छ ९पृ। ५स दीक्षितस २०६१०। ठूला बाँध र योजना निर्माणले मात्र लक्षित समुदायले लाभ नपाउने बरु सामाजिक र वातावरणीय असर बढ्ने निर्क्योल भइसकेको सन्दर्भमा यस पुस्तकले भुइँमान्छेका आवश्यकता के हुन् र कस्तो विकासले उनीहरूका चाहना सम्बोधन हुन सक्छन् भन्ने देखाउन खोजेको छ। यसर्थ, पुस्तक यात्रा वृत्तान्त रुचाउने पाठक, पूर्वाधार निर्माणमा संलग्न योजनाकार तथा इन्जिनियर, सामाजिक अभियन्ता, गैससकर्मीदेखि राजनीतिकर्मी र जलवायु वैज्ञानिकलाई उपयोगी छ।

जलस्रोत विज्ञ अजय दीक्षितले आफ्नो पुस्तक ‘दुई छिमेकीको जलयात्रा’ मा उल्लेख गरेका छन्, ‘आयोजना निर्माणको क्रममा भएका सामाजिक र वातावरणीय प्रभाव कम नगरिँदा भौगोलिक, शैक्षिक, आर्थिक र सामाजिक रूपमा सीमान्त रहेका समुदायले दुर्दशा भोगेको विश्वव्यापी अनुभव छ। यो वास्तविकता आयोजना निर्माणको प्रतिफल मात्र नभएर राजनीतिको विषय पनि हो, किनभने निर्माण गर्ने र फाइदा पाउने एकथरी हुन्छन् भने नकारात्मक प्रभाव र बेफाइदा वा विपत्ती भोग्ने अर्काथरी’ ९पृ। १०स दीक्षितस सन् २००८०। त्यो अर्काथरी वर्गमा पर्ने मान्छे को हुन् र तिनलाई आयोजना बन्दा वा नबन्दा के हुन्छ भन्ने देखाउने जमर्को ‘छालबाटो’ले गरेको छ।

पुस्तकले स्थानीय मानिसको कुरा जस्ताको तस्तै उतारेको हुँदा यसको धेरै आधारले महत्त्व देखिन्छ। एउटा आधार हो( समाजशास्त्रीय विश्लेषण। ‘पैदल अनुसन्धान’ पुस्तकमा उल्लेख छ, ‘नेपालमा समय(समयमा हुने गरेको संघर्ष, आन्दोलन र राज्य व्यवस्था परिवर्तनले समाज र देशबारे चिन्तन गर्ने प्राज्ञिक, बौद्धिक र सचेत नागरिकको जमात बढाए’ पनि ‘भुइँ तहका मानिसको आवाजलाई स्थानीयदेखि प्रदेश हुँदै संघसम्म प्रतिबिम्बित गरेर लोकतन्त्रलाई सबल बनाउन भने सकेको छैन’ र ‘स्थानीय, प्रादेशिक र संघीय तहमा हुने गरेका बहसमा भुइँ तहमा प्राज्ञिक, अभियन्ता, र नागरिक समाजको भूमिका बढाउन र ती बहसलाई प्रभावित पार्न पैदल अनुसन्धान’ जरुरी छ ९पृ। ७स मार्टिन चौतारीस २०७६०। यस हिसाबमा ‘छालबाटो’ पैदल अनुसन्धानको एउटा दह्रो दस्तावेजका रूपमा आएको छ, जहाँ भुइँमान्छेकै कथाको प्रधानता छ।

पुस्तकमा वर्णित तिब्बती गाइड मिङमारको जीवनकथाले तिब्बत चीनमा विलय भएपछिको आरोह(अवरोहलाई चित्रित गरेको छ। मेघ आलेको नदी संरक्षण अभियानले पनि पुस्तकमा यथोचित स्थान पाएको छ।

प्राध्यापक नोबेलकिशोर राई प्रायः भन्ने गर्छन्, ‘हामी नेपालीको गणित र भूगोल शिक्षा कमजोर भयो।’ यस पुस्तकले नेपालको केही भौगोलिक अवस्थितिलाई रसिलो पारामा सिकाउने क्षमता राख्छ। तसर्थ, यो पुस्तक माध्यामिक तहका विद्यार्थीलाई सन्दर्भ सामग्री सिफारिश गर्न सकिन्छ भने विद्यालय तहमा सामाजिक शिक्षा पढाउने शिक्षकलाई गतिलो अध्ययन सामग्री पनि बनेको छ।

पुस्तकको राम्रो पक्ष भनेको प्रस्तुति र भाषाको मिठास हो। कर्णालीको नदीको वर्णन गर्ने ‘छालबाटो’ नदीको पानी जस्तै छ, सलल्ल बग्ने। नियात्रामा नेपाली साहित्य विपन्न छैन, तर यात्रा वृत्तान्त ‘छालबाटो’ले पर्यावरणीय चिन्ता र नदी संरक्षणको विषयलाई मूलधारमा ल्याउन खोजेको छ।

‘छालबाटो’ले उठाएको अर्को मुद्दा हो, जलवायु परिवर्तन। यो जलवायु परिवर्तनको मुद्दा पनि कस्तो भइसक्यो भने अब त जहाँ जे हुँदा पनि यसैलाई कारक देखाइन्छ। तर मानवीय कारणले पृथ्वी तात्दै जाँदा हुने जलवायु परिवर्तन धेरै कारकका परिणामका रूपमा प्राकृतिक चक्र ध्वंस गर्न उद्यत छ। यसो हुनुमा नेपालको दोष नहोला तर हिमालको फेदीमा रहेको देशले यसको नमिठो नजिता भोग्नुपर्ने विगतमा गएका अनपेक्षित बाढी, पहिरो, हिमपहिरो र काला हुँदै गएका ‘हिउँरहित’ हिमालले बताइरहेकै छन्। यसको दसीका रूपमा हुम्लाका नरबहादुर शाहीको अनुभव पुस्तकमा प्रस्तुत छ।

पहिला(पहिला हिँउदमा हिउँ पर्थ्यो, अहिले पर्दैन। हिउँले किरा मार्थ्यो, पानी पनि हुन्थ्यो। अहिले यहाँ हिउँ त पर्नै छोडिसक्यो भन्दा पनि हुन्छ। पानी पनि पर्‍यो भने भयङ्कर पानी पर्छ, परेन भने खडेरी हुन्छ।

पहिला सुन्तला फल्दैनथ्यो, अहिले सुन्तला हुन्छ। नयाँनयाँ तरकारीका बीउ आएकाले विभिन्न तरकारी पनि फलाउन थालेका छौं। तर कर्नाली किनारै भए पनि सिँचाइको सुविधा पाउन सकेका छैन। यहाँ तीन वर्ष भयो, हामीले गहुँको बीउ पनि छरेका छैनौं। हिउँदमा पानी पर्दैन। दुई(तीन वर्ष भयो, समयमा पानी परेको छैन, बीउ उमार्न गाह्रो छ।

यस्तै कथाहरूको संग्रह हो, ‘छालबाटो’। पुस्तकको पाँच पाठ पढिसकेपछि आउने कथा र प्रसंगहरूले सामग्री दोहोरिएको छनक पाठकलाई दिन्छ। किनभने पात्र र स्थान फरक भए पनि उही कथा र उही व्यथा दोहोरिइरहन्छन्। तिब्बती पठार र नेपालको हिमाली, पहाडी र तराईको यात्राबारे राम्रै वर्णन छ तर भारतको उत्तर प्रदेश र विहारको प्रसङ्ग भने कम समेटिएको छ।

‘हामी कर्नाली नदीबारे अध्ययन गर्दै हिँडेका’ भन्ने लेखकलाई हुम्लामा भेटिएका छैग्याङ तामाङले घतलाग्दो कुरा सुनाउँछन्।

ऊ तलको पानी माथि ल्याउन सक्ने होइन। कर्नाली बगे पनि धमिलो पानी खानुपरेको छ। ऊ त्यो खेतमा लगाउने पानी छैन, के गर्नेरु त्यो बगेको कर्नालीलाई हेर्नेबाहेक केही गर्न सक्दैनौं हामीले। त्यो पनि लेख्दिनुस्।

तपाईंलाई थाहा छ होला नि, चाइनिजको शासन राम्रो, इन्डियाको रासन राम्रो, नेपालको भाषण राम्रो। यही हो कुरा। हाम्रा नेताले त कुरा मात्रै गर्छन्। बुझ्नुभो निरु

कसले के बुझ्यो, कति गर्‍यो, त्यो त हाम्रो सामु छर्लङ्गै छ। कर्णालीमा जलविद्युत् उत्पादन गर्ने कुरा भएको ६० वर्षमा पनि काम शुरू हुन सकेको छैन। स्थानीय बासिन्दा अत्यावश्यक सरसमान किन्न एक साता लगाएर बजार जानुपर्ने अवस्था छ, मोटरबाटोको पहुँच पुग्न सकेको छैन। आर्थिक सूचकांकमा देखिने वृद्धिसँग कर्णालीको केही लेनादेना छैन।
यात्रामा भेटिएका उपजन भण्डारी बताउँछन्, ‘यो कर्नाली जहाजबाट हेर्दा राम्रो छ, सर। तर जमीनमा झरेपछि बल्ल थाहा लाग्छ, कति दुःख छ। नेता त जहाजमा, हेलीमा सिमकोट झर्छन्, मार्सीको भात खान्छन् अनि कर्नाली खुब राम्रो देख्छन्। तर यथार्थ अर्कै छ ९पृ। १६३०।’

त्यही अर्को यथार्थलाई ‘छालबाटो’ले राष्ट्रिय सङ्कथनको मूलबाटोमा ल्याउने जमर्को गरेको छ। यो कैलाशदेखि गंगासम्म्को यात्रा मात्र होइन, नेपालको भीरपाखामा रहेका नेपाली जनजीजनको पत्रपत्र केलाउने प्रयास पनि हो। जसमा लेखक सफल भएका छन्। साभार ः महेश आचार्य,हिमालखवर 

प्रतिक्रिया