प्रणालीमा भाइरस प्रवेश गरेर राहदानी वितरणको काम ठप्प हुँदा मारमा सेवाग्राही

प्रणालीमा भाइरस प्रवेश गरेर राहदानी वितरणको काम ठप्प हुँदा मारमा सेवाग्राही

काठमाडौँ – राहदानी वितरणको काम ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् । प्रणालीमा भाइरस प्रवेश गरेका कारण गएको बुधवारदेखि नै रोकिएको राहदानी वितरणको काम आजसम्म शुरू हुन सकेको छैन ।

आज राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् ।

गएको शुक्रवार विभागले आइतवारदेखि वितरणको काम हुने बताए पनि आज पनि प्रणालीमा खराबी देखिएको छ । अब भोलिदेखि राहदानी वितरण गर्ने तयारी थालिएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र विदेशका नेपाली नियोगहरूबाट राहदानी सेवा वितरण ठप्प रहेको जानकारी दिएको  छ ।

प्रतिक्रिया