दैलेखको सरस्वती मावि ओइरीलाई ‘दुई तारे’ विद्यालय घोषणा

दैलेखको सरस्वती मावि ओइरीलाई ‘दुई तारे’ विद्यालय घोषणा दैलेखको गुराँस गाउँपालिका–६ठुलो ओईरीमा गएको आईतवार दुई तारे विद्यालय घोषणा सभामा सात वटा झण्डोत्तोलन गरिंदै । । तस्वीर:विशाल सुनार

दैलेख । डुङ्गेश्वर गाउँपालिका–६ ठूलो ओइरीमा स्थित  सरस्वती माध्यामिक विद्यालयलाई ‘दुई तारे’ विद्यालय घोषणा गरिएको छ । विद्यालय सेवाक्षेत्र भित्र पर्ने ग्रामीण बस्तीहरु सहित विद्यालय भित्रका सूचक पूर्वाधारहरु निर्माण तथा व्यवस्थापन गरे पछि विद्यालयलाई दुई तारे घोषण गरिएको हो ।
सन् २०२३ देखि समावेशी जलवायु उत्थानशिल ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजना मार्फत विद्यालय सेवा क्षेत्रका ग्रामीण बस्तिहरुमा तीन वटा खानेपानी आयोजना मार्फत ३२ घरधुरीका १ सय २४ जनंख्या र विद्यालयमा अध्ययनरत २ सय ५० बिद्यार्थीहरुले स्वच्छ खानेपानीबाट लाभान्वित भएका छन् । 
घोषणाका कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले शिक्षा क्षेत्रको सुधारले नै समाज र देशले दक्ष जनशक्ति पाउने, विद्यालय पाठ पढ्ने मात्र हैन ज्ञान आर्जन गर्ने थलो भएको बताए । ‘अव सवै मिलेर हातेमालो गरौं र छिट्टै तिनतारे बनाउन पालिका पनि लाग्ने छ ।  विद्यालयमा विद्यमान खानेपानी सरसफाई एवं स्वच्छताको अवस्था हेरी तोकिएका मापदण्डका आधारमा विद्यालयलाई उत्कृष्ट, मध्यम र सुधारोन्मुख (एक तारा, दुई तारा र तीन तारा) गरी तीन वर्गमा वर्गीकरण गरिने प्रावधान भए अनुसार सरस्वती माध्यामिक विद्यालय ओइरीलाई दुईतारे बिद्यालय घोषणा गरिएको हो,उनले भने । ‘अहिले दुई तारा मात्र घोषणा गरिएको छ, केही सूचकहरु पूरा नभएको हुनाले तीन तारे उन्ममुख विद्यालय बनाएको हो’ एसएनभीका जिल्ला संयोजक रामप्रसाद सिंहले बताए ।  
‘दिगो विकास लक्ष्य पहिल्याउन सबै सरोकारवाला पक्षको आवश्यक हातेमालो जरुरी छ’ सिंहले सुझाव दिए ।  दुईतारे घोषणाको मुख्य सूचकमा महिनावारी सामग्री व्यवस्थापनका लागि छात्रा शौचालयमा ढकनसहितको ‘डस्टबिन’ राखिएको विद्यालयले एक तारा (उत्कृष्ट) को सूचक पाउनेछ । सन् २०३० सम्म हासिल  गर्ने गरि तय भए अनुसार विश्वव्यापी दिगो विकास लक्ष्य नं ४ अन्तर्गत लक्ष्य हासिल गर्न सूचककै रुपमा थपिएको छ । सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई  दुई तारे विद्यालय घोषणा प्रमाणपत्र प्रदान गरिंदै,डुगेश्वर गाउँपालिका उपाध्यक्ष कलावती न्यौपाने  । तस्वीर:विशाल सुनार 

  डुङ्गेश्वर गाउँपालिकामा ३१ वटा विद्यालयहरुको सुधारको लागि पालिकासँगको साझेदारीमा सूचकहरुलाई पूरा गर्न विभिन्न सात वटा समूहमा अंक सूची सहितको झण्डा विद्यालय परिसरमा राखिएको छ । ‘सवै सूचकहरुमा सुधार भएर शत प्रतिशत बनेपछि तीन तारे विद्यालय घोषणा गरिनेछ’ परियोजना संयोजक बिमला बिशुन्केले बताईन । डुङ्गेश्वर गाउँपालिका, एसएनभी नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र एभरेष्ट क्लव दैलेको सामाजिक परिचालनमा पूर्ण सरसफाई तथा स्वच्छता उत्मुख ‘दुई तारे’ नमूना विद्यालय घोषणा गरिएको हो । डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपानेले विद्यालयलाई प्रमाण पत्र हस्तान्तरण संगै झण्डोत्तोलन गरी घोषणा गरिएको थियो । 
तारा पद्धति के हो ?
        विद्यालयमा खानेपानी र सरसफाईका सुविधा, स्वच्छता अभ्यास, संस्थागत सुदृढीकरण र दिगोपना सूचकका आधारमा स्वमूल्याङ्कनबाट पालिका स्तरिय शिक्षा समितिले प्रमाणीकरण गरेपछि वर्गीकरण हुने गर्दछ । एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवद्र्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धति हो । विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७५ (दोस्रो संशोधन)ले सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाई र स्वच्छताको प्रावधान हुनुपर्ने प्रबन्ध गरिएको छ । विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाई, हरियाली वातावरण जस्ता विषयहरुको मूल्यांकन गर्ने गरिन्छ ।
   त्यसैगरी विद्यालयको स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचकसहितको मापदण्ड उक्त कार्यविधिले तोकेको छ । सोही मापदण्ड पूरा भएपछि विद्यालयलाई वर्गीकरण गरी घोषणा गर्नुपर्ने प्रावधान गरिएको छ । 

प्रतिक्रिया