अज्ञात व्याक्तिद्धारा विद्यालयमा आगजनी, ८ लाख ५० हजार बराबरको क्षति

अज्ञात व्याक्तिद्धारा विद्यालयमा आगजनी, ८ लाख ५० हजार बराबरको क्षति अज्ञात व्याक्तिले लगाएको आगजनीबाट नष्ट भएको नौमुले गाउँपालिका २ महावै आधारभुत विद्यालय ।

दैलेख । दैलेखको नौमुले गाउँपालिका –२ स्थित ठुलो चम्लाया श्री महावै आधारभुत विद्यालयमा अज्ञात व्याक्तिबाट आगजनी हुँदा ८ लाख ५० बराबरको क्षति भएको छ । अज्ञात व्याक्तिले कार्यालय रहेको कोठामा आगजनी गर्दा झण्डै ८ लाख ५० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नौमुले जनाएको छ । 
मंसिर ९ गते राती अन्दाजी ११ बजे अज्ञात व्याक्तिले आगजनी गरेको स्थानीयबासी  तिलकबहादुर सिंहले बताए । आगलागी गरिएको र आगलागीबाट ८ लाख ५० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय नौमुले जनाएको छ । सोमबार ३ घण्टाको पैदल यात्रा गरेर इलाका प्रहरी कार्यालयका प्रहरी हल्वदार यज्ञबहादुर ओलीको कमाण्डको गएको प्रहरीको टोलीले आगजनीबाट जलेर नष्ट भएका सामाग्रीको मुचुल्का वनाई ल्याई सकेको छ । आगजनीबाट २०४६ देखी हालसम्म तथ्यांमक कागजपत्र जलेर नष्ट भईसकेको महावै आधारभुत विद्यालयका प्रधानाध्यापक रमित सिंहले बताए । 
आगजनीबाट क्षति भएको विवरणको मुचुल्का उठाउदै प्रहरी । 

प्रधानाध्यापक रमित सिंहका अनुसार अफिस कोठा पुरै जलेर नष्ट भएको र सँगै रहेको अर्को कोठामा पनि आगजनी हुँदा क्षति पुगेको टेलिफोनबाट जानकारी दिए । उनले भने, आगजनीबाट,कम्प्युटर १ थान,प्रिन्टर १ थान,१ किलोवाटको सोलार १ सेट, ५५ थान, प्लास्टिक कुर्चि, २ थान टेवुल, २ थान स्टील दराज,३ थान काठको दराज,साउण्ड सिस्टम, १ थान,दुईवटा वाण्ड वाजा,१६ थान  बच्चाको प्रयोग हुने टेवल,वाईफाई,ल्यापटप चार्जर १० थान लगायत कार्यालय प्रयोजनका सम्पुर्ण सामागी्र जलेर नष्ट भएको छ । ९ गतेबाट विद्यालय वन्द गरिएको आशंकमा एक जना स्थानीयको नाममा इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छौं,आगलागीबाट १० लाख बराबरको क्षति भएको अनुमान गर्न सकिन्छ,प्रअले थपे ।  
विद्यालयमा आगजनी हुँदा १० गते देखी विद्यालय खोलिएको छैन् । विद्यालयमा १सय २१ जना विद्यार्थीको संख्या रहेको छ । आगजनी गर्ने व्याक्तिलाई व्याक्तिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयबासीको माग रहेको छ । तर तीन दिन वितिसक्दा पठन पाठनमा नौमुले शिक्षा शाखाले जानकारी लिने बाहेक समस्या समाधानको पहल नगरेको अभिभावकले पालिकालाई आरोप लगाएका छन् । आगजनीमा आंशका गरिएका व्याक्तिलाई इलाका प्रहरी कार्यालय नौमुले कार्यालयमा बोलाई सोधपुछ गरिरहेको प्रहरी हल्वदार यज्ञबहादुर ओलीले जानकारी दिए । उनले भने,विद्यालयका शिक्षक अभिभाव बोलाएर आज छलफल गरिरहेका छौं । तस्वीर:गोविन्द्र गुरुङ 

प्रतिक्रिया