मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अन्य व्याक्तिलाई आवागमन रोक

मतदाता बाहेक उपनिर्वाचन हुने क्षेत्रमा अन्य व्याक्तिलाई आवागमन रोक

 दैलेख । मंसिर १६ गते उपनिर्वाचन हुने दैलेखको निर्वाचन क्षेत्र -१ को महाबु गाउँपालिका र निर्वाचन क्षेत्र -२  दुल्लू नगरपालिका वडानंं - १३ मालिकामा मतदाता नामावली भएका वाहेक अन्य राजनीतिक नेता र कार्यकर्ताहरुलाई आगमनमा रोक लगाइएको छ । यसअघि चुनाव प्रचार प्रसार उपनिर्वाचन खटिएका नेता कार्यकर्ताले हटाईने भएको हो ।  शुक्रवार वसेको सर्वदलिय वैठकले सो निर्णय गरेको हो । 

मौन समयमा पनि चुनावी प्रचार गर्ने, मतदातालाई प्रभावित पार्ने र अनावश्यक विवाद सिर्जना आउनसक्ने स्थिति भएकोले सुरक्षा संवेदनशीलतालाई हेरी शुक्रवार दैलेख सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए । 
मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो । निर्वाचन आचार सहिंताको पूर्णपालना, मौन समयको कार्यान्वयन सहयोग पुग्ने भएकोले वाहिरका व्यक्तिलाई आवागमन गर्न रोक लगाइएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए । 
‘निर्वाचन हुने क्षेत्रमा मौन समय कडाई साथ पालना गर्न लगाउने, राजनीतिक दल र उम्मेदवारले मतदाताहरुलाई प्रभाव, दवावमा नदिने र वाहिरका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाइनेछ’ भनी सर्वपक्षीय वैठकले निर्णय गरेको छ ।

निर्वाचन शान्त र मर्यादित सहयोग पुग्ने भएकोले वाहिर घर भएका राजनीतिक नेतृत्व र कार्यकर्ताहरुलाई महाबु गाउँपालिका र दुल्लू नगरपालिका–१३ क्षेत्रमा नजाने कुरा आफूहरुले पनि सहमती जनाएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले बताए । अरु विकासका कामहरुमा पनि दैलेखमा राजनीतिक दलहरुबीच राम्रो समझदारी रहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुरोध आएपछि वाहिरका व्यक्ति निर्वाचन हुने क्षेत्रमा नजाने कुरामा सबै दलहरुको समझदारी बनेको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए । यो निर्णयले उपनिर्वाचन मर्यादित शान्ती पुर्ण हुनेमा दलहरुले पनि विश्वास लिएका छन् । 

प्रतिक्रिया