मतदानस्थलमा कर्मचारी पुगे

मतदानस्थलमा कर्मचारी पुगे

 दैलेख । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लागि मतदान खटाइएका कर्मचारी मतदान स्थलमा पुगी सकेका छन् । दैलेखको महावु गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान हुदै छ भने निर्वाचन क्षेत्र २ का दुल्लूनगरपालिका वडानं १३ को वडाअध्यक्ष पदका लागि मतदान हुने भएको हो । 
महाबु गाउँपालिका अध्यक्ष पदका लागि मतदान गराउन ९ स्थानमा १६ वटा मतदान केन्द्र र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि हुने मतदानमा दुई वटा मतदान स्थलमा चार वटा मतदान केन्द्र हुनेछन् ।
मंसिर १३ गते अनुशिक्षण दिई मतदान स्थलमा आवश्यक पर्ने ५३ प्रकारका सामग्री सहित मतदान अधिकृतहरुलाई उपलब्ध गराइएको जिल्ला निर्वाचन कार्यालय  दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले जानकारी दिए । 
उपनिर्वाचनका लागि दैलेखमा १सय २० जना कर्मचारी खटाईएको छ भने चार तहका सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कुल प्रसाद पाण्डे जानकारी दिए । उनले भने, जिल्लाको दुई ठाउँमा हुने उपनिर्वाचनका लागि सम्पुर्ण सामाग्री लिएर कर्मचारी सुरक्षाकर्मी मतदानस्थलमा पुगी सक्नु भएको छ । भोली देखी मतदानस्थल तयार गरिनेछ ।उपनिर्वाचनलाई मर्यादित,शान्तीपुर्ण र भयरहित वनाउन आज वसेको सर्वदलिय वैठकले उपनिर्वाचनका मतदाता वाहेक अन्य व्याक्तिलाई मतदान समयमावधिभर रोक लगाउने निर्णय गरेको जानकारी दिए ।  

प्रतिक्रिया