कर्णालीमा आठ पदका लागि मतदान जारी

कर्णालीमा आठ पदका लागि मतदान जारी


दैलेख । स्थानीय तह उपनिर्वाचनअन्तर्गत कर्णालीमा आठ पदका लागि आइतबार बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका सहप्रवक्ता दुर्गा चालिसेले कर्णालीका उपनिर्वाचन हुने सबै स्थानमा निर्धारित समयमै निर्वाचन सुरु भएको बताए ।
दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदमा मतदान सुरु भएको छ । कालीकोटको तिलागुफा नगरपालिका ४, जाजरकोटको कुसे गाउँपालिका ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, दुल्लु नगरपालिका १३ र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदानस्थलमा २४ मतदान केन्द्र तोकिएको छ । जाजरकोटकै कुसे गाउँपालिका(७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ । दैलेखको महाबु गाउँपालिकामा नौ मतदानस्थल र १६ मतदान केन्द्र तोकिएका छन् ।

महाबुको अध्यक्षका लागि ६ जना चुनावी मैदानमा छन् । दैलेखकै दुल्लु नगरपालिका-१३ को वडाध्यक्ष पदका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ । दुल्लु– १३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र छन ।

कालीकोटको तिलागुफा नगरपालिका– ४ मा पनि वडाध्यक्ष पदका लागि एक मतदानस्थल छ । यहाँ पनि वडाध्यक्षका लागि ६ उम्मेदवार चुनावी मैदानमा छन् । हिमाली जिल्ला हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि मतदान सुरू भएको छ । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका(५ को वडाध्यक्ष पदका लागि भइरहेको निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रतिक्रिया