कर्णालीका ८ स्थानीय तहमा मतदान जारी, ४३ उम्मेदवार मैदानमा

कर्णालीका ८ स्थानीय तहमा मतदान जारी, ४३ उम्मेदवार मैदानमा

दैलेख । आइतबार विहान ७ बजेबाट शुरु भएको उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ स्थानीय तहमा मतदान जारी छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको  विभिन्न पालिकामा एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । ८ पदका लागि ४३ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। महावु गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका जगतबहादुर हमालले एमालेलाई समर्थन गरेका छन्।

यहाँ नेपाली कांग्रेसबाट झलक भण्डारी, नेकपा ९माओवादी केन्द्र०बाट जंगबहादुर बराल, नेकपा एमालेबाट जंगबहादुर शाहीको उम्मेदवारी दर्ता भएको छ ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट प्रकाशकुमार बुढा, राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगर चुनावी प्रतिस्पर्धामा छन्। जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट सुनिता बोहोरा, नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने उम्मेदवार छन् ।

यस्तैराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्वती पुन, राप्रपाले सुनिता पुन रावल र नेपाल समाजवादी पार्टीले पवित्रा जैसीलाई उम्मेदवार बनाएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ जना मैदानमा छन्। यहाँ कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना उम्मेदवार छन् ।तिमिल्सिनालाई एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको साथ छ ।

यस्तै राप्रपाबाट संगिता शाही, रास्वपाबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार दिनेमा नरेश शाही र रामसरा खड्का शाही छन् ।जाजरकोटस्थित कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।एमालेबाट डम्बरबहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री प्रतिस्पर्धामा छन्।यस्तै दुल्लु नगरपालिका–१३ को वडा अध्यक्षमा ६ जना चुनावी मैदानमा छन्। कांग्रेसबाट रेशम बहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, एमालेबाट लालबहादुर शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुर्णप्रसाद उपाध्याय रहेका छन्।कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा ६  दलको प्रतिस्पर्धा हुँदैछ। नेकपा एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगन शाही, माओवादीबाट नैस्वभा शाही र नेपाली कांग्रेसबाट पैलन बहादुर शाही रहेका छन्।रुकुम पश्चिम जिल्लाको सानोभेरी गाउँपालिका–५ को वडा अध्यक्ष पदमा प्रमुख तीन दलको उम्मेदवारी छ ।

 माओवादी केन्द्रका तर्फबाट जसिराम बस्नेत, कांग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंशराज पुरी उम्मेदवार छन् । यहाँ एक स्वतन्त्र उम्मेदवारी पनि दर्ता भएको छ । स्वतन्त्रबाट विरबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमालेले भने उम्मेदवारी दर्ता गराएको छैन ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जना उम्मेदवार छन्। समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाँक्री र कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले रहेका छन्।समाजवादीबाट दुई ठाउँमा उम्मेदवारी दर्ता भएपनि दुबै ठाउँमा माओवादीलाई समर्थन गर्न पार्टीले निर्देशन गरेको छ।

प्रतिक्रिया