दैलेख दुई स्थानीय तहको उपनिर्वाचनमा ५५ प्रतिशत मत खस्यो
दैलेख । दैलेखका दुई स्थानीय तहमा भएको उपनिर्वाचनमा ५५ प्रतिशत भन्दा वढि मत खसेको । आज विहान ७ वजेवाट सुरु भएको मतदान अघि साँझ ५ बजेसम्म भएको हो । विहान ७ वजेदेखी साँझ ५ वजेसम्म भएको मतदानमा ५५ प्रतिशत भन्दा वढि मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
दैलेखको महाबु गाउँपालिकामा बअध्यक्ष र दुल्लू नगरपालिका १३ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५५ प्रतिशत भन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस कुलप्रसाद पाण्डेले जानकारी दिए ।
महाबु गाउँपालिकाका ६ वटै वडाका १६ वटा मतदान केन्द्रमा ६ हजार ९ सय ८९ मत खसेको छ भने दुल्लू नगरपालिका १३ का दुई मतदानस्थलका ४ मतदान केन्द्रमा १ हजार ५ सय २८ मत खसेको जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख नरवहादुर सलामीले वताए । उनका अनुसार महावु गाउँपालिकामा ५५ दशमल ३९ प्रतिशत र दुल्लु नगरपालिका १३ मा ५६ दशमलव ४६ प्रतिशत मत खसेको छ ।दैलेखको महावु गाउँपालिकामा १२ हजार ६ सय १४ मतदाता रहेका छन् भने दुल्लु नगरपालिका वडा नं. १३ मा २ हजार ७ सय ६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ । महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ्गको र दुल्लु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष विष्णु वहादुर शाहीको निधन भएपछि यी दुई स्थानमा उपनिर्वाचन भएको हो
निर्वाचन स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस कुलप्रसाद पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया