स्थानीय उपनिर्वाचनमा ६२ प्रतिशत मतदान, आजै मतगणना

स्थानीय उपनिर्वाचनमा ६२ प्रतिशत मतदान, आजै मतगणना मतदान केन्द्रमा मतदान गरिँदै सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । तस्बिरः नवीन गड्तौला/रासस

काठमाण्डौं । स्थानीय तहको उपनिर्वाचनमा करीब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ भने आजै मतगणना शुरू गर्ने तयारी छ।
रिक्त रहेका स्थानीय तहका ४१ पदका लागि आइतबार उपनिर्वाचन भएको हो। आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सबै स्थानमा शान्तिपूर्ण मतदान भएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।

उनका अनुसार, आइतबार साँझ साढे ५ बजेसम्म प्राप्त विवरण अनुसार, करीब ६२ प्रतिशत मतदान भएको छ। उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता थिए।उपनिर्वाचनका लागि २५ राजनीतिक दलका भएका थिए। त्यसमध्ये २० राजनीतिक दलले उम्मेदवारी दिएका थिए।
निर्वाचनको मिति तोक्दासम्म स्थानीय तहका ४४ पद रिक्त रहेका थिए। जसमध्ये दुई वटा जिल्ला समन्वय समितिको प्रमुखका नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। ओखलुढुंगामा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी ९भुल० निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै, रुकुम ९पूर्व०को पुथा उत्तरगंगा गाउँपालिका(२ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का जगत घर्ती निर्विरोध निर्वाचित भएका थिए।

बाँकी ४१ पदमा आज मतदान भएको हो। आज नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि राजनीतिक दलका २७४ र स्वतन्त्र १०२ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।
शान्तिपूर्ण रुपमा मतदान भएको र मतपेटिका संकलन भइरहेको प्रवक्ता अर्यालले बताइन्। मतपेटिका संकलन भएलगत्तै सम्बन्धित मतदानस्थल र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ।
 

प्रतिक्रिया