भैरवीमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो

भैरवीमा ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईयो

गणेश न्यौपाने 

    दैलेख । समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार, भन्ने मुल नारा सहित ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस भैरवी गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ। गाउँपालिकाको समन्वयनमा सोसेक नेपालको हातेमालो आधार परियोजनाले सो कार्यक्रम गरेको हो । 
कार्यक्रममा वोल्दै गाउँपालिकाका उपाध्यक्ष एवं सोही कार्यक्रमका अध्यक्षता ग्रहण गरेकी देवी भण्डारीले सहभागिता समस्याहरुलाई यो बर्ष भित्रनै जुनसुकै हालतमा पनि समाधान गर्ने आश्वासन दिईन । गाउँपालिकाका  ७ वटै  वडाबाट ४\४ जना सहभागी गराएर  अन्तरक्रिया गरिएको हातेमालो परियोजनाकी सामाजिक परिचालक पार्वती थापाले जानकारी दिईन । अपाङ्गता भएका व्यक्तिहरूका आफ्ना समस्याहरू राख्नुभएको थियो विशेष गरेर समस्या चाहिँ आपाङ्ग मैत्री शौचालयको ब्यबस्था हुनु पर्ने केही व्यावसायिक तालिमको ब्यबस्था गर्नु पर्ने माग राखेका थिए । अन्तरक्रिया कार्यक्रमले अपांगता भएका व्याक्तिलाई आफ्नो हक अधिकार बारे जानकारी दिने र पालिका सरकारलाई उहाँहरुप्रति उत्तरदायि वनाउनमा सहयोग मिल्ने सोसेकले जनाएको छ ।
 कार्यक्रम संचालन भैरबी गाउँपालिका महिला बालबालिका शाखा प्रमुख निर्मला रिजालले गर्नु भएको थियो ।  कार्यक्रममा सोसेक नेपाल हातेमालो परियोजना कि सामाजिक परिचालिका पार्वती थापा बसन्ती कुमारी थापा र कृष्णा विकक पालिकाका जनप्रतिनिधी कर्मचारी अपांगता भएका व्याक्तिको सहभागीतामा रहेको थियो भने कार्यक्रम भैरवी गाउँपालिकाकी महिला तथा वालबालिका शाखा प्रमुख निर्मला रिजालले सञ्चालन गरेकी थिईन ।  त्यसैगरि अपांगता दिवसको जिल्ला सदरमुकाम सहित,चामुण्डाविन्द्रासैनी नगरपालिका,दुल्लू नगरपालिका र नौमुले गाउँपालिकामा समेत गरिएको सोसेक नेपाल दैलेखले जनाएको छ । 

प्रतिक्रिया