हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले लिए सेवा

हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले लिए सेवा

दुल्लू  -  दैलेखको दुल्लु अस्पतालमा सञ्चालन भएको हाडजोर्नी सम्बन्धी शिविरमा १३० जनाले सेवा लिएका छन् ।

सामाजिक विकास मन्त्रालय, दुल्लु नगरपालिका र सोलुखुम्बु पोलीटेक्निकल एकेडेमी काठमाडौंको सहकार्यमा शिविर सञ्चालन भएको हो । १३० जना सेवाग्राही मध्ये ५७ जनाको अपरेशन भएको छ ।

शिविरको समापन सत्रमा सहभागी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आर्थिक अभावले उपचारमा थलिएका बिरामीको निःशुल्क उपचार भएको बताउनुभयो । स्वास्थ्य संवेदनशीलता प्रति गम्भीर हुँदै सहज सुलभ स्वास्थ्य उपचारका लागि शिविर सञ्चालन गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो  । उहाँले एकेडेमीका तर्फबाट यस किसिमका नवप्रवर्तनात्मक कार्य हुने अपेक्षा गर्नुभयो ।

नगरप्रमुख भरत प्रसाद रिजालले साधन स्रोतको अभाव भएको ठाउँमा धेरै नागरिकलाई लक्षित गरी सेवा प्रदान गरेको प्रति खुशी व्यक्त गर्नुभयो । सीमित स्रोतसाधनमा सञ्चालन भइरहेको अस्पतालमा चाहेजस्तो गुणस्तरीय सेवा प्रदान गर्न कठिनाई भइरहेको जानकारी गराउँदै तथापि प्रयास निरन्तर भइरहेको बताउनुभयो  ।

सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी डा. मिग्मा शेर्पाले हातखुट्टा भाँचेको बिरामी आर्थिक कारणले उपचार नभई अपाङ्गता भएर बसेको पाइएको बताउनुभयो । भाँचिएका हातखुट्टामा स्टिल, प्लेटहरु निकाल्न समेत खर्च अभाव हुने गरेको कारणले पनि यस किसिमको शिविरको सहजीकरण भएको महसूस गरिएको बताउनुभयो  ।

 एकेडेमीले बिसौं वर्षदेखि यस किसिमको अपरेशन निरन्तर भइरहेको जानकारी दिनुभयो  । यसअघि जाजरकोटमा १३० बिरामी मध्ये ५७ जनाको अपरेशन गरिएको जानकारी गराउनुभयो  ।

प्रतिक्रिया