कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै

कर्णालीमा ‘प्रदेश सुरक्षा सम्मेलन’ हुँदै

कर्णाली -  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही मङ्सिर २४ गते ‘प्रदेश सुरक्षा सम्मेलन’ हुने भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री कँडेलले ‘प्रदेश सुरक्षा सम्मेलन’ को सम्पूर्ण तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो । यस्तै, बैठकमा सुरक्षा अवस्थाको विश्लेषण गर्नुका साथै प्रदेशका तर्फबाट उठाउने विषयवस्तुबारे छलफल भएको थियो । 

छलफलमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले सुर्खेत तथा कर्णालीको शान्ति सुरक्षाको अवस्था, त्यसमा देखिएका केही चुनौती र समाधानका उपायबारे प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया