राज्यको सेवा–सुविधा र अवसरहरू सिमान्तकृत समुदायसम्म पुग्न सकेन : सांसद राना
'सिमान्तकृत समुदायले उठाएका मुद्दाहरूलाई नीति निर्माण तहमा पु¥याउने प्रतिबद्धता'
काठमाडौँ - सिमान्तकृत समुदायको अधिकार संरक्षण र मानव अधिकार प्रवद्र्धनमा केन्द्रित ‘सिमान्तकृत समुदाय र मानव अधिकार’ विषयक अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
सोसेक नेपालको आयोजनामा, नाफानको संयोजन तथा डिसीय नेपाल, आइएम र एइआइएन लक्जेम्बर्गको साझेदारीमा आयोजित यो कार्यक्रम ‘सामाजिक, आर्थिक र वातावरणीय न्यायको आधारस् सिमान्तकृत समुदायको अधिकार’ भन्ने मुख्य नाराका साथ सम्पन्न भएको हो ।
‘सिमान्तकृत समुदाय र मानव अधिकार’ विषयक अन्तर संवाद कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले सिमान्तकृत समुदायहरूले राज्यबाट अपेक्षित सेवा र सुविधा नपाएको गुनासो गर्दै यी समुदायको जीवनस्तर सुधारका लागि थप प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यका सेवा–सुविधा तथा अवसरहरू सिमान्तकृत समुदायसम्म पुग्न नसकेको स्थिति यहाँको सहभागिताले झल्काएको छ । यी समुदायको अधिकार सुनिश्चित गर्न विशेष नीति र कार्यक्रमको आवश्यकता छ ।’
सांसद रानाले सिमान्तकृत समुदायका आवाजहरुलाई बुलन्द गर्दै आएकोमा राष्ट्रिय जनवकालत मञ्च (नाफान) र सोसेक नेपालले पुण्य काम गरेको बताउनुभयो । सिमान्तकृत समुदायले उठाएका मुद्दाहरूलाई नीति निर्माण तहमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
सिमान्तकृत समुदायका अधिकारका लागि आवाज बुलन्द गर्दै आएको नाफान र सोसेक नेपालले अत्यन्त प्रशंसनीय कार्य र पुण्य गरिरहेको छ,’उहाँले भन्नुभयो, ‘ सिमान्तकृत समुदायको हकहितमा काम गर्दै आएका संस्थाहरूले सिमान्तकृत वर्गका चुनौतीलाई उजागर गर्नुका साथै उनीहरूको जीवनस्तर सुधार्न महत्तवपूर्ण भूमिका निर्वाह गरिरहेका छन ।’
अन्तर संवाद कार्यक्रममा सिमान्तकृत समुदायका प्रतिनिधिहरूले राज्यबाट उपेक्षा, सेवा सुविधामा पहुँचको अभाव, र नीतिगत असमानताका विषयमा आफ्ना धारणा राखेका थिए । उनीहरूले मानव अधिकार, सामाजिक न्याय, र आर्थिक सशक्तीकरणका लागि ठोस नीति र कार्यान्वयनको माग गरेका थिए ।
प्रतिक्रिया