'लैङ्गिक हिंसा अन्त्य गर्न जनचेतना जरुरी'

'लैङ्गिक हिंसा अन्त्य गर्न जनचेतना जरुरी'

काठमाडौँ - सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न व्यापक जनचेतना जरुरी रहेको बताएका छन् । १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)द्वारा आज आयोजित अन्तरकृयामा बोल्दै उनीहरुले महिला हिंसा नियन्त्रण जरुरी रहेकामा जोड दिएका हुन् ।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकले भएका ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन सकेमा महिला हिंसाका घटना न्यूनीकरण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण पनि सबैभन्दा बढी महिलालाई असर पुगेको छ, जलवायुजन्य असर न्यूनीकरणका लागि अनुकुलन कार्यक्रम लागु गर्न आवश्यक छ ।”

सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)का अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन उपभोक्ता समूहदेखि फेकोफनमा ५० प्रतिशत महिलाको सहभागिताले राज्यलाई महिला सहभागिता बढाउनुपर्ने शिक्षा दिएको बताउनुभयो । 

फेकोफनकी महासचिव पार्वता गौतमले लैङ्गिक हिंसा अन्त्यका लागि सोह्र दिने अभियानमा मात्रै नभएर फेकोफनले सधैँ अभियान चलाइरहने बताउनुभयो ।  वन तथा वातावरण मन्त्रालयकी उपसचिव दिपा ओलीले पनि कार्यस्थलमा हुने यौनजन्य हिंसाको घटना न्यूनीकरणका लाग सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया