लेकमा हिउँ परी सेतै, बेँसी सिमल फुली (तस्बिरहरु)

लेकमा हिउँ परी सेतै, बेँसी सिमल फुली (तस्बिरहरु)

लेकमा हिउँ परी सेतै, बेशी सिमल फुली 
चिसो भैगो रानी चरा आजकल कता भुली 

पश्चिम नेपालमा बदलिएको मौसमसँगै परेको हिउँको दृश्य अत्यन्तै मनोरम बनिरहेको छ। जाजरकोटका चरासंरक्षणकर्मी गोविन्द सिंहले यस दृश्यलाई प्रकृतिको सौन्दर्यको रूपमा वर्णन गर्दै देउडा भाकामा वर्णन गर्दै भन्नुहुन्छ,  'हिउँ र सिमलका फूलहरूले मनलाई लोभ्याएका छन् । यस समयमा यहाँका डाडाकाँडा सेताम्मे छन् र बेँसी सिमलका फूलले वातावरणलाई अझ आकर्षक बनाएका छन्, जसले प्राकृतिक सौन्दर्यलाई एक नयाँ आयाम दिएको छ।'
जाजरकोटको नलगाड नगर पालिका वडा नम्बर -५ लबिसा भेरालाङ्नामा फूलेको सिमल र बारेकोट गाउँपालिका वडा नम्बर -३ मा पर्ने मुल्साम लेकमा हिउँ परेको दृश्य । तस्बिर : गोबिन्द सिंह

प्रतिक्रिया