ठाटीकाँधमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न
देउडा गीत प्रतियोगितामा जनचेतना आमा समूह, बडुवालटोल प्रथम
दैलेख (ठाटीकाँध) - दैलेखको ठाटीकाँध गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन आज विशेष कार्यक्रमसहित समापन गरिएको छ । सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालित सहकार्य परियोजनाको आयोजनामा, ठाटीकाँध गाउँपालिकाको समन्वयमा भएको उक्त कार्यक्रम महिला अधिकार र घरेलु तथा लैङ्गिक हिंसाबारे जनचेतना जगाउन केन्द्रित रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षणमा देउडा गीत प्रतियोगिता गरिएको थियो, जसमा ८ वटा समूहले सहभागिता जनाएका थिए । प्रतिस्पर्धामा जनचेतना आमा समूह, बडुवालटोलले प्रथम स्थान हासिल गरेको छ । भवानी बालक्लब, भवानी माध्यमिक विद्यालय बाहाकोट दोस्रो स्थानमा रह्यो भने चेतना परिवर्तन आमा समूह, भडाचौर तस्रो र समावेशी आमा समूह, बोगटिटोल चौथो स्थान हासिल गरेको सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्टले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले प्रतियोगिताले समुदायमा लैङ्गिक समानता र हिंसाविरुद्धको सन्देश फैलाउन महत्तवपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष देबिराम बडुवाल रहनुभएको थियो भने विशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्याय रहनुभएको थियो । त्यस्तै, अन्य अतिथिहरुमा प्रहरी चौकी ठाटीकाँधका प्रमुख प्रकाशसिंह ठकुरी र गाउँपालिकाका सबै शाखा प्रमुखहरूको उपस्थिति रहेको बिष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया