ठाटीकाँधमा अगरबत्ति र धूप बनाउने ७ दिने सीप विकास तालिम सञ्चालन

ठाटीकाँधमा अगरबत्ति र धूप बनाउने ७ दिने सीप विकास तालिम सञ्चालन

दैलेख (ठाटीकाँध) -   दैलेखको ठाटीकाँध गाउँपालिकामा ७ दिने अगरबत्ति र धूप बनाउने सीप विकास तालिम सञ्चालन गरिएको छ। एइआईएन लक्जेम्बर्गको साझेदारी र सोसेक नेपालद्वारा संचालित सहकार्य परियोजनाको आयोजनामा यो तालिम आयोजित गरिएको हो।

सहकार्य परियोजना संयोजक जीवराज रेग्मीका अनुसार, तालिममा ११ जनाले सहभागिता जनाएका छन् । ठाटीकाँध गाउँपालिका वडा नम्बर १, २ र ६ नम्बर वडाबाट सहभागिता रहेको छ । तालिमले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन र नयाँ सीप प्रदान गर्न मद्दत पुर्याउने लक्ष्य राखेको बताइएको छ ।

सहकार्य परियोजना संयोजक रेग्मीले भने, 'यो तालिमले स्थानीय बासिन्दाहरूलाई नवीनतम व्यवसायिक सीपमा दक्ष बनाउनको लागि सुरु गरिएको हो, जसले स्थानीय स्तरमा रोजगारी सिर्जनामा पनि मद्दत पुर्याउनेछ ।'

तालिममा सहभागिहरूलाई अगरबत्ति र धूप निर्माणका विभिन्न प्रक्रियाहरू र ती व्यवसायिक दृष्टिकोणबाट मुनाफा कमाउने तरिकाहरूको बारेमा सिकाइनेछ । सीप विकास तालिमले आगामी दिनहरूमा ठाटीकाँधका स्थानीय उत्पादनलाई बजारमा प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया