बौलाहा कुकुरको टोकाईबाट दैलेखको ठाटीकाँधमा १० जना घाइते
![बौलाहा कुकुरको टोकाईबाट दैलेखको ठाटीकाँधमा १० जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/Dog_1JGO5UX5PV_cpu7ceewpefrw6uy20zdwcg0cpemkzxoi4jnlkqw0rmtt94aye8enjfyfw9c_6LqhpVdUQR_k07f07ldth12lqjealvnid6menx1mwffus54fz6rdrtf6djtgqdoddgbzi2s.jpg)
ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा बौलाहा कुकुरको टोकाईबाट १० जना घाइते भएका छन् । बौलाहा कुकुरको टोकाईबाट वडा नम्बर -३ मा कुकुरको टोकाईबाट १० जना घाइते भएका हुन् । वडाअध्यक्ष भरत बमका अनुसार अहिलेसम्म बौलाहा कुकुरले १० जनालाई टोकिसकेको छ। हिजो एकजनालाई टोकेको र आज बिहान मात्र चार जनालाई टोकेको थियो ।
घाइतेमध्ये एकजनालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । कुकुरको नियन्त्रण र भ्याक्सिनका लागि ठाटीकाँध गाउँपालिकाबाट दुइजना भेटेनरी र एकजना प्राविधिकको टोलीलाई जनप्रतिनिधिसहित पठाइएर कुकुरको नियन्त्रणका प्रयास सुरु गरिएको वडाअध्यक्ष बमले जानकारी दिनुभयो ।
साथै, कुकुरको आक्रमणबाट बच्नका लागि सबै विद्यालय र सार्वजनिक स्थानहरूमा सूचना जारी गरिएको छ । कुकुरको नियन्त्रण र जनस्वास्थ्यको सुरक्षाका लागि वडाद्वारा सबै ठाउँमा सूचना गरिएको छ ।
प्रतिक्रिया