जोखिममा ४२ दिन भित्रका नवजात शिशु
जन्मेको ४२ दिन भित्र धेरै बालबालिकाहरुको जीवन जोखिममा हुने गरेको स्वास्थ्यकर्मीले औल्याएका छन । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको सशक्त महिला समृद्ध नेपाल परियोजनाले दैलेख सदरमुकाममा आयोजना गरेको सो कार्यक्रम यस्तो बताइएको हो ।
दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का पोकल पर्सन स्टाफ नर्स प्रतिमा गौलीले बाल मृत्यूदरको तथ्यांक केलाउँदा सबै भन्दा धेरै जन्मेको ४२ दिन भित्र नवजात शिशुको मृत्यू हुने गरेकोले पाइएकोले यो समयमा नवजातको जीवन जोगाउन सजगता हुनु पर्ने बताए ।
लंगिक विभेदका कारण हिंसामा महिलाहरु बढी पीडित हुने गरेको, कानूनले रोके पनि भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने, छोरी जन्मेमा आमाछोरीकै पोषणमा बेवास्ता गर्ने, शिक्षा कुस्कारका कारण बृतिविकासमा पनि अवसर कम परेका कारण महिलाहरुको मनोबल कमजोर हुने गरेको स्टाफ नर्स गौलीले टिप्पणी गरिन ।
त्यसबखत सोसेक नेपालको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठले अन्तरक्रिया कार्यक्रमको दोश्रो कार्यपत्र प्रस्तूत गर्दै बालबालिका उमेरमै हुने विभेद र असमानताले शिक्षा र चेतना विकास कमजोर भएको कारण किशोरीहरुले बालविवाह गर्ने गरेको जानकारी दिईन ।
बालविवाह गरेको कारण पढाई छुटेको, शैक्षिक योग्यता नभएको कारण रोजगारीका अवसरहरु गुमेका, छिट्टै सन्तान जन्माउँदा बालविवाह गरेका आमाको स्वास्थ्य कमजोर हुने गरेको जस्ता चक्र चलिरहेको कारण लैंगिक हिंसा रोकथाम गर्न विवाह अन्त्यको अभियान प्रभावकारी काम गर्नुपर्छ,उनले थपिन ।
कार्यक्रममा नारायण नगरपालिकाकी उपमेयर तप्ता थापा, दैलेखका निमित्त प्रजिअ गणेशप्रसाद कोइराला, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष अमर सुनार, गैसस महासंघका अध्यक्ष डिलकुमारी चन्द, नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम सापकोटा, सामाजिक शाखा प्रमुख खमबहादुर थापा लगायत सरोकारवालाको उपस्थिति थियो ।
‘श्रोत बिनियोजन बैठक तथा अन्तरक्रिम कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा मातृशिशु स्वास्थ्य र लैंगिक हिंसा न्यूनीकरण सवालमा बृहत छलफलको क्रममा दैलेख अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी), सोसेक नेपालको बाल हेल्पलाइन र सरोकारवालाहरुको सहकार्य बारे बिचार विमर्श भएको थियो ।
प्रतिक्रिया