चितवनलाई हराउँदै कर्णाली ‘क्वालिफायर’ मा
चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग ९एनपीएल०को ‘क्वालिफायर’ मा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले नौ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा तीन चौका र चार छक्काको मद्दतले ५३ रन बनाए।
त्यस्तै, कुशल मल्लले २१, विपिन रावलले १८ र लक बेंकेस्टिनले १६ रन बनाए।
कर्णालीका लागि जीशान मक्सूदले तीन, सोमपाल कामी र विपिन शर्माले दुई–दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो। कर्णालीका लागि दुई ब्याटरले अर्धशतक प्रहार गरे। प्रारम्भिक ब्याटर जयकिशन कोल्सवालाले ३९ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५३ रन बनाए। त्यस्तै, विलियम बोसिस्टोले ३९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२ रन बनाए।
यसैगरी, चडविक वाल्टनले ४६ र जीशान मक्सूदले १४ रन बनाए। चितवनका लागि सोहेल तनवीरले दुई, शरद भेषवाकर, रवि बोपारा र कुशल मल्लले एक–एक विकेट लिए।
यो जितसँगै कर्णाली फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको खेलमा पराजित टोलीसँगै खेल्नेछ। चितवन भने उपाधि दौडबाट बाहिरिएको छ।
आजै अर्को खेल सुदूरपश्चिम र जनकपुरबीच हुँदै छ। विजेता टोली फाइनल प्रवेश गर्नेछ। साभार: हिमालखवर
प्रतिक्रिया