देशमा सुशासन ल्याउन सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका छ: कोइराला

देशमा सुशासन ल्याउन सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका छ: कोइराला

दैलेख ।  निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले देशमा वित्तीय सुशासन निम्ति आमसञ्चार माध्यमले अझै खबरदारी बढाउनु पर्ने आग्रह गरे ।  बुधवार नेपाल पत्रकार महासंघ जिल्ला दैलेखले आयोजना गरेको सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘देशमा दिगो विकास निर्माणको लागि भ्रष्टाचार बाधकको रुपमा रहेको यसलाई न्यूनिकरण गरि राज्यमा सुशासन कायम गर्न अझै अझै मिडियाले सशक्त रुपमा खवरदारी गर्नुपर्ने बताए । समाजमा सुशासन कायम गर्ने मिडियाको जुन भुमिका छ,यसलाई अझै प्रभावकारी बताउनुपर्छ । उनले भने, जिल्लामा सञ्चार क्षेत्रले भोगिरहेका समस्याको समाधान तर्फ म सधै सकारात्मक छु ।

त्यसैगरि सोही कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)का युवा नेता प्रकाश बहादुर बुढाले सञ्चार क्षेत्रले  महासंघले समाजलाई सुसुचित पार्नु पर्ने बताए । पत्रकारिता पेशा मर्यादित भएकाले सबै भन्दा ठुलो दायित्व सञ्चारकर्मीको हुन्छ । ,तथ्यमा आधारित पत्रकारिताले मात्र सञ्चारको शिर ठाडो हुन्छ उनले भने । जिल्ला प्रहरी कार्यालय दैलेखका  प्रहरी नायव उपरीक्षक  सुनिल दाहालले विधिको शासन पालना गराउन आम सञ्चार माध्यमले पहल गर्नुपर्ने बताए ।  कानुनी राज्यस्थापनाको लागि राज्यको पक्षमा कलम चलाउन आग्रह गरे ।  डिभिजनल वन अधिकृत राधाकृष्ण दासले मिडियाले समाज रूपान्तरणमा ठूलो सहयोग पुगेको जानकारी दिए । 

सुझाव संकलन कार्यक्रममा  नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाहीले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले डेकेन्द्र स्मृति भवन बनाउने निर्णयको स्वागत गर्दै कार्यान्वयनमा आफ्नो सहयोग रहने बर्ताए ।  नेपाल एमालेका जिल्ला उपसचिव मीनबहादुर बुढाले आम सञ्चार माध्यमले लेख्ने समाचार सामाग्रीमा निखारता आउनुपर्ने बताए । 
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, दैलेख बार एशोसियसनका जिल्ला अध्यक्ष ललित थापा, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक अनुराग, धारणा राखेका थिए ।

त्यसबखत नेपाल पत्रकार महासंघका जिल्ला सचिव भीम सिजापतिले डेकेन्द्र स्मृति भवन बनाउन आफूले ५० हजार रुपैंयाँ नगद सहयोग गर्ने घोषणा गरे । 


 

प्रतिक्रिया