रबि लामिछानेमाथि १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

रबि लामिछानेमाथि १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

काठमाडौं । पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध आज मुद्धा दर्ता गरिदैँछ ।  सहकारी ठगी प्रकरणमा  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

सहकारी ठगिमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि  शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।  राजधानीबाट 

प्रतिक्रिया